News Category 2079/08/09
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस, एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरीमा आउन बाँकी रहेको २ प्रदेशसभा सदस्य सीटको मतपरिणाम पनि शुक्रबार सार्वजनिक भएको छ ।
जिल्लाको ४ नं. क्षेत्रको प्रदेश सभा १ र २ को शुक्रबार अन्तिम नतिजा सार्वजनिक भएको हो ।
प्राप्त मतपरिणाम अनुसार प्रदेशसभा ४ को १ मा एकिकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने विजयी भएका छन् । न्यौपानेले ११ हजार ४ सय २९ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका नमेन्दर पासमान ५ हजार ५ सय ५८ मत प्राप्त गरे । त्यस्तै एमालेका बालकृष्ण चौधरीले ५ हजार ८ मत ल्याए ।
यस्तै प्रदेशसभा ४ को २ मा जसपाबाट बागि भई स्वतन्त्र उम्मेदवारी दिएका अनिरुद्ध प्रसाद सिंह निर्वाचित भएका छन् । सिहले ९ हजार ९ सय ८५ मत ल्याउदा जसपाकी नेतृ रेणु यादवका छोरा तथा निवर्तमान मधेश प्रदेशसभा सदस्य अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरे । यस्तै जनमतका केशरराज गुप्ताले ५ हजार ६ सय ७३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार इन्द्रदेव यादवले ४ हजार ४ सय ९८ मतमै चित्त बुझाए ।
प्रदेशसभा सदस्यको उम्मेदवारका लागि ६३ वर्षीय सिंहको नाम जसपाको वडा समितिबाटै सिफारिस भएको थियो । तर, अभिषेकको नाम वडा तहबाट सिफारिस भएको थिएन । आफ्नो नाम वडा हुँदै नगर तथा जिल्लाबाट सिफारिस भएर माथिल्लो तहमा गए पनि पार्टीले टिकट नदिएपछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको सिंहले बताए ।
आठ वटा प्रदेशसभा सीटको रहेको यस जिल्लाको प्रदेशसभाको मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार प्रदेशसभा १ को १ मा एमालेका राजकुमार लेखी र २ मा जनमतका मो.सकिल मियाँ, प्रदेशसभा २ को १ मा जनमतको सतिश कुमार सिंह र २ मा जनमतकै महेश प्रसाद यादव निर्वाचित भएका छन् ।
यस्तै प्रदेशसभा ३ को १ मा काँग्रेसका मो. समिम र २ मा जनमतका शम्भु कुमार साह तथा प्रदेशसभा ४ को १ मा एकिकृत समाजवादीका गोविन्द न्यौपाने र २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्ध प्रसाद सिंह निर्वाचित भएका छन् ।
चार वटा प्रतिनिधिसभा क्षेत्र मध्ये तीन वटाको बिहीबारै मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअन्तरगत प्रतिनिधीसभा १ मा जसपाका नवल किशोर साह, २ मा जनमतका डा. सिके राउत र क्षेत्र नं. ३ मा काँग्रेसका दिनेश कुमार यादव निर्वाचित भएका छन् ।
मतगणना बाँकी रहेको सप्तरी ४ मा भने कांग्रेसका उम्मेदवार तेजुलाल चौधरीले सुरुदेखि नै अग्रता कायम राखेका छन् । यो क्षेत्रको मतगणनना शनिबारसम्म सम्पन्न हुने मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
प्रदेशसभा जसपा, लोसपा र माओवादीविहीन
प्रदेशतर्फ ८ वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा सम्पन्न मतगणना परिणामले यस पटक जसपा र लोसपाबिहीन भएको छ भने गत निर्वाचन जस्तै यस पटक पनि माओवादीले एउटै सीट जित्न सकेन् ।
प्रदेशतर्फ आठ मध्ये पाँच क्षेत्रमा जसपाले उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा विजयी हुन सकेन । त्यस्तै लोसपाले एक क्षेत्रबाट र माओवादी केन्द्रले दुई क्षेत्रबाट उम्मेदवारी दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ