News Category 2079/08/11
स्थानियतहका प्रमुखद्वारा मलखादको समस्या समाधान गर्न ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
सप्तरीका स्थानिय तहका प्रमुखहरुले आइतबार जिल्लामा भएको मलखादको अभाव र त्यसलाई समाधान गर्ने बारे स्थानिय प्रशासनमार्फत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, कृषि मन्त्रालय लगायत अन्य सरोकारबाला निकायमा ज्ञापनपत्र बुझाइएको छिन्नमस्ता गाउँपालिका प्रमुख विद्यानन्द चौधरीले जानकारी दिएका छन् ।
ज्ञापनपत्र बुझाएपछि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालगायत सुरक्षा निकायहरुसँग बैठकबसी हाल स्टोकमा रहेको मलखाद अविलम्ब बितरण गर्ने निर्णय समेत गरिएको उनले बताए ।
यस्तै जिल्लाका कृषकहरुको माग बमोजिमको मलखाद नदिएकाले सो बिषयमा सप्तरीका चारै क्षेत्रका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीयतह प्रमुख सहितको बैठक मंसिर १३ गते बसी समस्याको समाधान बारे छलफल गरिने जनाइएको छ ।
बैठकमा स्थानीयतहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका प्रमुख, नेपाल प्रहरीका डिएसपी, कृषी ज्ञान केन्द्रका प्रमुख, साल्ट ट्रेडिङका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ