News Category 2079/08/11

पत्रकार महासंघका पूर्वसचिव साहलाई पितृ शोक

दैनिक समाचारदाता

पत्रकार महासंघका पूर्वसचिव साहलाई पितृ शोक

दैनिक समाचारदाता
राजविराज, ११ मंसिर । 

    प्रेस युनियन सप्तरीका केन्द्रिय पार्षद एवं नेपाल पत्रकार महासंघ शाखाका पूर्व सचिव अर्जुन प्रसाद साहका पिता भिखारीप्रसाद साहको आइतबार ९० वर्षको उमेरमा निधन भएको छ । 
    नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा जारि शोक विज्ञप्तिमा शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । 
    साथै निधन भएका साहको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति सम्वेदना व्यक्त गरिएको छ । 
    यसैगरि समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिल पोखरेलद्वारा जारि शोक विज्ञप्तिमा शोकाकुल परिवारप्रति सम्वेदना व्यक्त गर्दै निधन भएका साहको आत्मको चिरशान्तिको कामना गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट