News Category 2079/08/12
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
सप्तरी जिल्लामा जनमत पार्टीले समानुपातिक तर्फ पनि सबैभन्दा बढी मत प्राप्त गरि पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभामा ७० हजार तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत ल्याउँदै जनमत जिल्लामा पहिलो पार्टी बनेको हो । यस्तै जसपाले ४० हजार भन्दा बढी मत ल्याई दोश्रो भएको छ भने भने नेपाली काँग्रेस ३५ हजार भन्दा बढी मत प्राप्त गरि तेश्रो स्थानमा रहेको छ ।
यसअघि जिल्लाको ४ प्रतिनिधिसभा सदस्य मध्ये एक र ८ प्रदेशसभा सदस्य मध्ये ४ सीटमा निर्वाचित भई जनमत पहिलो पार्टी बनेको छ ।
जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ को समानुपातिकतर्फको प्राप्त मतपरिणाम अनुसार जनमत पार्टीले २२ हजार ३ सय २७ मत प्राप्त गरि पहिलो बनेको छ । त्यस्तै नेकपा एमालेले १२ हजार ९ सय ४, जसपाले १२ हजार ८ सय २७, नेपाली काँग्रेसले १० हजार ३ सय ९९, माओवादी केन्द्रले ३ हजार ७ सय ७२, नागरिक उन्मुक्ति पार्टीले १ हजार ८ सय ३८, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४ सय ८६, नेकपा एसले ६ सय ५८ तथा लोसपाले ४ सय ४६ मत प्राप्त गरेको छ । यस क्षेत्रमा ७३ हजार ३२ मत खसेको थियो भने २ हजार ८ सय ८२ मत बदर भई ७० हजार १ सय ५० मत सदर भएको थियो ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ को समानुपातिकतर्फको प्राप्त मतपरिणाम अनुसार जनमत पार्टीले २९ हजार ८ सय २ मत प्राप्त गरेको छ । त्यस्तै जसपाले १३ हजार ५ सय ९५ मत, लोसपाले ५ हजार १ सय ५० मत, माओवादी केन्द्रले ४ हजार ३ सय ९८ मत, नेपाली काँगे्रसले २ हजार ६ सय १६ मत, नेकपा एमालेले १ हजार २ सय ४५ मत तथा नेकपा एसले १ हजार २ सय ३२ मत ल्याएको छ । यस निर्वाचन क्षेत्रमा ६५ हजार ५ सय २१ मत खसेको थियो भने जसमा ३ हजार ४ सय २७ मत बदर भई ६२ हजार ९४ मत दिर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
सोही निर्वाचन क्षेत्रको प्रदेशसभा तर्फ ६४ हजार ७ सय ५१ मत खसेकोमा ४ हजार १ सय ६९ बदर भई ६० हजार ५ सय ८२ मत सदर भएको छ । यस प्रदेशसभा क्षेत्रमा पनि जनमत पार्टीले २७ हजार ६ सय ७७ मत ल्याई पहिलो भएको छ । यसैगरि जसपाले १३ हजार ५ सय ४३ मत, लोसपाले ६ हजार ९० मत, नेपाली काँग्रेसले ३ हजार ४० मत, नेकपा एमालेले १ हजार ५ सय ६५ मत, नेकपा एसले १ हजार ३ सय ४४ मत, माओवादी केन्द्रले ३ हजार ६ सय १७ मत प्राप्त गरेको छ ।
यसैगरि प्रतिनिधिसभा क्षेत्र नं. ३ मा पनि जनमत पार्टीले १८ हजार ३ सय ४० मत प्राप्त गरि पहिलो पार्टी बनेको छ । सो क्षेत्रमा नेपाली काँग्रेसले १८ हजार २ सय ४९, जसपाले १० हजार १ सय ५३, नेकपा एमालेले ९ हजार ५ सय ९४, नागरिक उन्मुक्ति पार्टीले ३ हजार १ सय ८३, माओवादी केन्द्रले १ हजार ७ सय ३६, लोसपाले १ हजार ६ सय ४६, नेकपा एसले १ हजार २ सय २२ मत प्राप्त गरेको छ । यस क्षेत्रमा ७१ हजार ६ सय ४० मत खसेकोमा ४ हजार २ सय ९३ म तबदर भई ६७ हजार ३ सय ४७ मत सदर भएको थियो ।
यस्तै सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क्षेत्रमा ७१ हजार ४ सय २ मत खसेकोमा ५ हजार १३ म तबदर भई ६६ हजार ३ सय ८९ मत सदर भएको थियो । जस अनुसार जनमत पार्टीले सबै भन्दा बढी १९ हजार ५ सय ३० मत, नेपाली काँग्रेसले १५ हजार ५ सय १०, जसपाले ९ हजार ५ सय ९०, नेकपा एमालेले ८ हजार ८ सय ३७, माओवादी केन्द्रले ३ हजार १ सय ६२, नागरिक उन्मुक्ति पार्टीले ३ हजार ५१, लोसपाले १ हजार ८ सय ५४, नेकपा एसले १ हजार ४ सय १ मत प्राप्त गरेको छ ।
यता प्रतिनिधिसभा क्षेत्र नं. ४ मा समानुपातिकतर्फको मतगणना जारि नै रहेको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार यस क्षेत्रमा पनि जनमत पार्टीले ५ हजार ५ सय १७ मत प्राप्त गरि पहिलो स्थानमा रहेको छ । यस्तै दोश्रो स्थानमा रहेको जसपाले ४ हजार ३ सय ४७ मत प्राप्त गरेको छ । ३ हजार ४ सय ८६ मतका साथ काँग्रेस तेश्रो स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ