News Category 2079/08/13
चारवटै प्रतिनिधिसभा क्षेत्रमा जनमतको ८५ हजार ५ सय ९२ मत
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सप्तरी जिल्लाको चारवटै प्रतिनिधिसभा क्षेत्रमा ८५ हजार ५ सय ९२ मत प्राप्त गरि जनमत पहिलो भएको छ । यस्तै जसपाले ४८ हजार ३ सय ५० मत प्राप्त गरि दोश्रो भएको छ भने भने नेपाली काँग्रेस ३५ हजार भन्दा बढी मत प्राप्त गरि तेश्रो स्थानमा रहेको छ । यस्तै ८ वटै प्रदेशसभा क्षेत्रमा ५० हजार भन्दा बढी मत ल्याई जनमत नै पहिलो भएको छ ।
जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा १ र २ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । उक्त दुबै प्रदेशसभा क्षेत्रमा पनि जनमत पार्टीले २३ हजार ३ सय १४ मत प्राप्त गरि पहिलो भएको छ । सो क्षेत्रमा जसपाले १३ हजार ५ सय २, नेपाली काँग्रेसले १० हजार ८ सय ८०, नेकपा एमालेले १० हजार ६ सय ८१, माओवादी केन्द्रले २ हजार ८ सय १८, नागरिक उन्मुक्ति पार्टीले २ हजार २ सय ५५, राप्रपाले १ हजार ७ सय ३, नेकपा एसले १ हजार २ सय ३९ तथा लोसपाले ७ सय ७० मत प्राप्त गरेको छ । यस प्रदेशसभा क्षेत्रमा ७५ हजार ८ सय ९३ मत खसेकोमा ५ हजार ६ सय ४० मत बदर भएपछि ७० हजार २ सय ५१ मत सदर भएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाकै प्रतिनिधिसभा क्षेत्र नं. ४ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना पनि सम्पन्न भएको छ । सो क्षेत्रमा जनमत पार्टीले नै सबै भन्दा बढी मत पाएको छ । यस क्षेत्रमा जनमतले १५ हजार १ सय २३ मत पाएको छ । यस्तै जसपाले ११ हजार ७ सय ७५, नेपाली काँग्रेसले ९ हजार ९ सय २३, नेकपा एसले ६ हजार ३ सय ३८, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ३ सय ४, नेकपा एमालेले ४ हजार ७ सय ७५, बहुजन पार्टीले २ हजार ४ सय १६, माओवादी केन्द्रले २ हजार २ सय ६४ र स्वतन्त्र पार्टीले १ हजार १ सय १० मत प्राप्त गरेको छ । यस क्षेत्रमा ६९ हजार ५ सय ८८ मत खसेकोमा ४ हजार ७ सय ९३ मत बदर भई ६४ हजार ७ सय ९५ मत सदर भएको थियो । यस क्षेत्रको प्रदेशसभाको समानुपातिक मतगणना अझै जारि नै रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ