News Category 2079/08/14
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
प्रतिनीधसभा क्षेत्र नं.४ मा नेपाली काँग्रेसका नेता ६५ वर्षिय तेजुलाल चौधरी जीतको ह्याट्रिक लगाउने पहिलो नेता बनेका हुन् ।
जिल्लामा कुनै पनि संसदीय निर्वाचनामा तीन पटक जीत निकालेको इतिहास छैन । तर यस पल्ट लगातार तेश्रो जीत निकालेर चौधरीले इतिहास रचेका छन् ।
तेश्रो संसदिय यात्रामा उनले यस पटक जसपाका बालकिशोर यादवलाई ५ हजार ५ सय १४ मतान्तरले पराजित गरे । चौधरीले २३ हजार ४ सय ९१ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी रहेका यादवले १७ हजार ९ सय ७७ मत ल्याए ।
पहिलो पटक चौधरी २०७० सालको संसदिय निर्वाचनमा विजयी भएका थिए । दोश्रो पटक २०७४ सालको निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट भारी मतले विजयी भएका थिए । उनले सत्तारुढ गठबन्धनलाई टुटाउन विभिन्न खाले षडयन्त्र भइरहेको बताउँदै भने “गठबन्धन कुनै हालतमा टुटदैन र तोडन पनि हुदैन ।”
उनले अब बन्ने सरकारले लोकतन्त्रको हित, विधीको शासन, संविधानको रक्षा र विकासलाई उच्च प्राथमिक्तामा राखेर अघि बढ्ने विश्वास समेत ब्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ