News Category 2079/08/14
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
सप्तरीको सुरुङ्गा नगरपालिकालाई मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगर घोषणा गरिएको छ । बुधबार एक समारोहबीच उक्त नगरपालिका अन्तरगत सबै ११ वटै वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
सप्तरी क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले घोषणापत्र प्रस्तुत गर्दै सुरूङ्गा नगरपालिकालाई बालबिवाह मुक्त नगर घोषणा गरे ।
सुरूङ्गा नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेन र सबल नेपाल सहयोगको आयोजित घोषणा कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाह मुक्त नगरपालिका घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १४ वटा सबै सुचक पुरा गरेपछि नगरपालिका बालविवाह मुक्त नगर घोषणा गरिएको जानकारी दिए ।
बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ अनुसार घरदैलो अभियानमार्फत बस्ती तथा वडाका सबै बालवालिका, किशोरकिशोरी र अभिभावकहरूलाई बालविवाहका बिषयमा जनचेतना कार्यक्रम गर्दै सचेत गराई बालविवाह हुन नदिन र कदाचित भएमा कानुनी प्रक्रिया अबलम्बन गर्ने सहितका सुचक पूरा गरेपछि घोषणा गरिएको नगर प्रमुख गिता चौधरीले बताईन ।
प्रतिवेदनमा बि.स ०७८ मंसिर देखी ०७९ कार्तिक सम्म वडा १ देखि ११ सम्ममा जम्मा बिवाह ३ सय ३५ भएको र त्यस मध्ये १८ बर्ष मुनीको १ वटा विवाह तथा २० बर्ष मुनीका १८ वटा विवाह मात्र भएको सुचक अनुसार ५ प्रतिशत वालबिवाह मात्र देखिएकोले ९० प्रतिशत सुचक पूरा गरेपछि घोषणा गरिएको प्रशासकिय अधिकृत सिंहले जानकारी दिए ।
कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य अनिरूद्व प्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला वन कार्यालय प्रमुख हेमन्त साह, पुर्व नगरप्रमुख मुक्तीनाथ चौधरी, सेभ द चिल्ड्रेन क्षेत्रिय प्रबन्धक प्रकाश आचार्य, नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय सदस्य अबधेश झा, सबल नेपालका अध्यक्ष जुना गिरी, निर्देशक दिपक झा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ