News Category 2079/08/15
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका ५ बसबिटीस्थित दलित टोलका १४ वर्षिय पारस सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका २ का ११ वर्षिय अजय मण्डल रकमको अभावमा उपचारका लागि छटपटाइरहेका छन् ।
पेटको भित्री घाउँले बिरामी परेका पारस विगत १० दिनदेखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना छन् । यस्तै मेनेन्जाइटिस रोगले ग्रस्त अजय २९ दिनदेखी स्थानिय छिन्नमस्ता अस्पतालमा भर्ना छन् ।
अतिविपन्न परिवारका पारसको आमा बुबाको केही वर्षअघि मात्र निधन भएको हो । उनको १३ वर्षिया बहिनी ताराले स्याहार सुसार गरिरहेका छन् ।
अभिभावकबिहीन उनले दाजुको जिवन रक्षाका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गरेकी छिन् । यता अजयको बुबाको पनि निधन भएको ८ वर्ष बितिसक्यो । उनको आमा नर्मता जिवितै रहेपनि पतिवियोगमा मानसिक सन्तुलन गुमाएर गाउँघरमै भौतारिदै हिड्ने गरेकी छिमेकी मिलन चौधरीले सुनाए ।
अजयको उपचारमा सहयोगका लागि पहल थालेका उनले हालसम्मको उपचारमा ३ लाख ५० हजार औषधी वापतनै खर्च भएको बताए । उनले अस्पताल परिसरमै संचालनमा रहेको औषधी पसलबाट उधारो लिएको औषधीको मात्रै ३ लाख ५० हजार रुँपैया बुझाउन बाँकी नै रहेको बताए ।
चिकित्सकले अजयको स्वास्थ्य अवस्थामा सुधार आउन अझ केही समय लाग्ने बताएको छ । यसैबीच रुपनी गाउँपालिका ५ का वडा अध्यक्ष गंगाराम यादवले पारसको उपचारका लागि ४ हजार रुँपैया नगद सहयोग गरेको उनका आफन्तले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ