News Category 2079/08/18
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष एवं सप्तरीका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्राइको आइतबार अन्त्येष्टी गरिएको छ । राजविराज ७ निवासी भट्टराईको कोशी ब्यारेज घाटमा अन्त्येष्टी गरिएको हो ।
पत्रकार महासंघ सप्तरीको संस्थापक अध्यक्ष समेत रहेका ६८ वर्षिय बरिष्ठ पत्रकार भट्टराईलाई अन्तिम विदाई गर्न पत्रकारका साथै मधेश प्रदेशका मुख्यमन्त्रि, मन्त्रि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधीका साथै सयौं शुभेच्छुकको भिड लागेको थियो ।
निवासस्थलमा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्रि लालबाबु राउत, अर्थमन्त्रि शैलेन्द्र प्रसाद साह, जसपाका राजनीतिक समिती सदस्य अमरनाथ मण्डल, राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, पुर्वमत्रि उमेश यादव, रेणु यादव, जयप्रकाश प्रसाद गुप्ता, नगर प्रमुख भिमराज यादव (हाल निलम्बीत अवस्थामा रहेका), पुर्व नगर प्रमुखद्वय गोबिन्द सिंह, शैलेश चौधरी, नागरिक समाजका अध्यक्ष थान सिह भन्साली, निर्वाचन आयोगका पूर्व प्रमुखआयुक्त डा. अयोधीप्रसाद यादव, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष अरुण प्रधान लगायतले अन्तिम श्रद्धाञ्जली अपर्ण गरे ।
सो अवसरमा मुृख्यमन्त्रि राउत, जसपा अध्यक्ष यादव तथा पुर्व मन्त्रि गुप्ताले भट्टराईको निधनले जिल्लालाई मात्र होइन मुलुकलाइ नै अपुर्णीय क्षती भएको बताए ।
अन्तिम श्रद्धाञ्जलीका लागी भट्टराईको पार्थिव शरीर पत्रकार महासंघ शाखा सप्तरी परिसरमा समेत राखिएको थियो । त्यहा शाखाका अध्यक्ष श्रवण देव, उपाध्यक्ष बैजनाथ यादव, सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीन गुप्ता, पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, पुर्व केन्द्रिय सदस्य अवधेश झा, महासंघ सप्तरी शाखाका पुर्व सभापती, बैजनाथ झा, विष्णु मण्डल, धिरेन्द्र साह, मुरली प्रसाद यादव, जितेन्द्र खडगा लगायतले महासंघको झण्डा ओढाएर सम्मान गरे ।
सम्मान पश्चात् निकालिएको शवयात्रामा जिल्लाका पत्रकार, राजनीतिक दलका नेतृत्व र सर्वसाधारणको उलेख्य सहभागीता रहेको थियो ।
भट्टराईका जेष्ठ सुपुत्र राजिवले पार्थिव शरिरमा दागवत्ती दिएका थिए । भट्टराइको २ छोरा, १ छोरी र श्रीमती छन् । स्थानीय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु सचिव, प्रेस काउन्सिल नेपालको सदस्य, पत्रकार महासंघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी समेत वहन गरिसकेका भट्टराईको निधनपछि पत्रकार महासंघ शाखा सप्तरीको बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै पत्रकारिता क्षेत्रलाई ठुलो क्षती पुगेको जनाएको छ ।
बैठकले शोक मनाउन आईतबार देखी १३ दिन सम्म शोकका कार्यक्रक्रम बाहेक अन्य औपचारीक कार्यक्रम नगर्ने निर्णय समेत गरेको पत्रकार महासंघ शाखा सप्तरीले जनाएको छ ।
पत्रकार महासंघ सर्लाही शाखाको ११ आंैं साधारण सभामा विशिष्ट अतिथीको रुपमा पुगेका भट्टराईको शनिवार विहान उनी वास वसेको लालबन्दी नगरपालिका १३ पथ्थरकोटस्थित होलिडे रिसोटमा निधन भएको थियो ।
शुक्रबार बेलुकाको खाना खाएर सुतेका उनी शनिवार विहान ओच्छ्यान मै मृत अवस्थामा फेला परेका थिए । उच्च रक्तचाप, हृदयरोग तथा मधुमेहबाट पीडित उनको हृदयघातबाट निधन भएको अनुमान गरिएको छ ।
शनिबार राती नै मलंगवा अस्पतालमा पोस्टमार्टम सकिएपछि घर ल्याइ आईतबार बिहान उनको पार्थिव शरीर निवास स्थलमा एक घण्टा श्रद्धाञ्जलीका लागी राखिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ