News Category 2079/08/25
क्रिकेट विकास प्रतिष्ठानद्वारा पुस २ देखी अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
प्रत्येक बर्ष झै यस बर्ष पनि सप्तरी क्रिकेट बिकास प्रतिष्ठानद्वारा जिल्ला स्तरिय अन्तरबिधालय टि ट्वान्टी क्रिकेट प्रतियोगितालाई निरन्तरता दिईदै छ । उक्त प्रतियोगिता पुस २ गते देखि संचालन हुने भएको छ ।
शनिवार राजबिराजस्थित स्वेडेकको भवनमा आयोजित प्रतिष्ठानको बैठकले तेस्रो बर्षको प्रतियोगितालाई यस बर्ष पनि जिल्लास्तरिय प्रतियोगितालाई निरन्तरता दिईने निर्णय गरेको हो ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष ईन्जिनियर ईन्द्र नारायण देवले नवयुवाहरूलाई क्रिकेट तर्फ अग्रसर गराउन र क्रिकेटलाई ब्यवसायमुखि बनाउन उद्देश्यले तीन बर्षदेखि प्रतियोगिता गर्दै आएको जानकारी दिए ।
उनले पुरूषसँगै महिलाहरूलाई पनि सशक्तिकरण गर्ने उद्देश्यले महिला क्रिकेटको बिकास सँगै खेलाडी उत्पादन गरी प्रतिभाहरूलाई उजागर गर्ने लक्ष्य रहेको बताए । चाडै बिधालयस्तरमा महिला खेलाडी उत्पादन गर्नका लागि स्कुलहरूमा छात्राहरूलाई क्रिकेट प्रशिक्षणसँगै महिला क्रिकेट प्रतियोगिता समेत गर्ने कार्यक्रम रहेको अध्यक्ष देवले जानकारी दिए ।
सो अवसरमा राजबिराज वडा ६ का वडा अध्यक्ष शशी चौधरीले क्रिकेट खेल मैदानको अभावका कारण खेलकुदको गतिबिधिमा प्रभाव पारेकोले खेल मैदानको उचित ब्यबस्थापन गर्नका लागी सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिए । महिला क्रिकेट खेलाडीहरूको लागि खेलकुदको वातावरण बनाएर खेलकुदको गतिबिधि र बिकासतर्फ सबै एकजुट भएर सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
सो अवसरमा राजबिराज नगरपालिका वडा ६ का नवनिर्वाचित वडा अध्यक्ष शशी कुमार चौधरीलाई स्वेडकका अध्यक्ष मिरा देव र प्रतिष्ठानका अध्यक्ष ईन्द्र नारायण देवले फुलमाला, अबिर लगाई स्वागत र सम्मान पनि गरे ।
स्वेडकका अध्यक्ष देवले क्रिकेट प्रतिष्ठानको गतिबिधि संचालन गर्नका लागि स्वेडक भवनमा एउटा कोठा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइन् ।
नागरिक समाजका अध्यक्ष तथा क्रिकेट प्रतिष्ठानका सल्लाहष्स्कार थानसिंह भन्साली, बिजयानन्द झा, सबल नेपालका निर्देशक दिपक झा, शिब्स स्कुलका संचालक नरेश प्रताप साह, सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, अम्पायर संघका अध्यक्ष निरज सिँह लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ