News Category 2079/08/27
युरिया मलको कालोबजारी गरेको आरोपमा किराना पसल संचालक पक्राउ
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
मलखाद भण्डारण गरि नेपाल सरकारले तोकेको मुल्य भन्दा बढी मुल्यमा बिक्रि गरिरहेको आरोपमा प्रहरीले एक किराना पसल संचालकलाई पक्राउ गरेको छ ।
किराना पसलको अनुमति लिएर मलखादको अवैध कारोबार तथा कालोबजारी गर्ने गरेको आरोपमा राजबिराज नगरपालिका वडा नं. १० दिघवा निवासी १९ वर्षिय राज कुमार दास रहेका छन् ।
उनले संचालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी मुल्यमा बिक्रि गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पसलमा खानतलासी गर्दा किराना आईटमहरु संग संगै नेपाल सरकारबाट अनुदानित रासायनिक मल अंकित खेती शक्ती मल लेखिएको ५० के.जी.को युरियाको बोरा ३५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
यता पक्राउ परेका दासलाई कालो बजार अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराई पहिलो पटक सात दिनको म्याद थप गराई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ