News Category 2079/08/28
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ निवासी २३ वर्षिय रन्जित कुमार यादव रहेका छन् ।
विभिन्न मितिमा पाँच वटा मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका उनलाई प्रहरीले मंसर २६ गते पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार २०७९ साल बैशाख १९ गते स्थानिय ५० वर्षिय मधुराम यादवलाई लाठी फट्टा लगायत घरेलु हातहतियारले कुटपिट गरि अंगभंग मुद्दा, २०७६ साल साउन २५ गते स्थानिय नन्दकिशोर यादवलाई घरेलु हातहतियार समेतले प्रहार गरी सक्त घाईते बनाई ज्यान मार्ने उधोगमा मुद्दा समेत दायर भई फरार रहेका थिए ।
यस्तै २०७६ साल माघ २२ गते पुनः निज प्रतिवादी रन्जित कुमार यादव समेतले स्थानिय नन्दकिशोर यादव र मो.ईस्राफिललाई घरेलु हातहतियार समेतले प्रहार गरी सक्त घाईते बनाई ज्यान मार्ने उधोगमा फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि २०७७ साल जेठ २९ गते प्रतिवादी यादव समेतले मिली राजबिराज नगरपालिका ७ बस्ने ताहिर मंसुरी समेतलाई घरेलु हातहतियारले प्रहार गरी सक्त घाईते बनाई ज्यान मार्न उधोगमा मुद्दा दर्ता भएको र २०७८ जेठ २१ गते यादव समेतले राजबिराज वडा नं. ७ बस्ने ईद्रीस मंसुरी समेत ९ जनलाई घरेलु हातहतियार समेतले प्रहार गरी सक्त घाईते बनाई ज्यान मार्ने उधोग गरेको मुद्दामा उनी फरार रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ