News Category 2079/08/28
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
नवनिर्वाचित प्रदेशसभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार लेखीले रेशम चौधरी लगायतका आन्दोलनकारीलाई रिहा गर्ने नाउँमा सरकारले ल्याएको अध्यादेश संविधान विपरीत भएको बताएका छन् ।
बुधबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टीका सप्तरी जिल्ला सहइन्चार्ज समेत रहेका नेता लेखीले काम चलाउ सरकारले कुनै पनि अध्यादेश ल्याउन नमिल्ने दाबी गरे । उनले सरकारले अध्यादेशको बहानामा थारुलाई झुक्याउने काम समेत गरेको आरोप लगाए ।
नेता लेखीले अध्यादेशको बहानामा सरकारले प्रहरी निकायमा समेत चहलखेल गर्न लागेको बताउँदै आफ्नो अनुकुल प्रहरी संगठनलाई प्रभावमा लिने गरि उमेर हदबन्दी तथा अन्यगतिबिधी बढाउन लागेको दोषारोपन समेत गरे ।
उनले भने “यसरी संविधान बिरोधी काम भइरहदा त्यसको बिरोध हुनुपर्छ, चुप लागेर बस्न मिल्दैन ।” वर्तमान सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र समेत रहेको र माओवादी अध्यक्ष प्रचण्डले उत्ति बेलानै सुनसरीको झुम्का र काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रममा रेशम लगायतका अन्य निर्दोष आन्दोलनकारी ६ महिनाभित्रै रिहा हुने भने पनि त्यति बेला रिहा नगरि अहिले रिहाईको नाममा अध्यादेश ल्याउनुको के औचित्य हो ? लेखीको प्रश्न थियो ।
लाल आयोगको प्रतिवेदन चार वर्षदेखी लुकाएर राख्ने सरकारको नियतले पनि रेशम चौधरी निर्दोष थिए भन्ने प्रमाणित भएको लेखीको जिकिर थियो । उनले थरुहट आन्दोलन लगायत अधिकार प्राप्तिका आन्दोलनमा झुठा मुद्दा लगाएर फसाइएकाहरुको अविलम्ब रिहाईको माग गर्दै जनतालाई ढाट्ने काम बन्द हुनु पर्नेमा जोड दिए ।
कार्यकाल सकिन्न तीन चार दिन मात्र बाँकी रहेको समयमा सरकारले अध्यादेशको नाऊमा अफताब आलम लगायतका केही अपराधीहरुको माधयमबाट आफ्नो स्वार्थपूर्ती गर्न चाहेको उनको दाबी थियो । उनले अधयादेश मार्फत अपराधीलाई चोख्याउने काम कदापी गर्न नहुने समेत बताए ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका सप्तरी सचिव देवनाथ यादव समेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ