News Category 2079/09/01
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
कानुन विपरीत एलोपैथिक औषधी पसलमा छ्याप छ्याप्ती आयुर्वेदिक औषधी विक्री भइरहेको छ । त्यस्ता औषधी अनुमति प्राप्त आयुर्वेदिक औषधालयले मात्र विक्री गर्न पाउने प्रावधान छ ।
तर, यसको नियमन हुन नसक्दा एलोपैथिक औषधी पसलले खुलेआम आयुर्वेदिक औषधी विक्री गर्दै आईरहेका छन । जसकारण औषधी व्यवस्था विभाग तथा सम्बन्धित निकायमा विधिवत दर्ता गरी संचालनमा रहेका आयुर्वेदिक औषधी पसल संचालक मारमा पर्ने गरेका छ ।
सप्तरी सदरमुकाम राजविराजमा मात्रै एलोपैथिक औषधी पसलको संख्या तीन दर्जन भन्दा बढी छ । त्यस मध्ये अधिकांशले आयुर्वेदिक औषधी विक्री वितरण गर्ने गरेको पाइन्छ ।
स्थानीय रमेश साहले प्रक्रिया पु¥याएर अनुमति पत्र लिएर मात्र कुनै पनि औषधी विक्री गर्न पाईने कानुनी व्यवस्था रहेको बताए । उनले नियम विपरित गर्ने गरेको कार्यमा प्रशासनले अनुगमन गरेर नियन्त्रणमा लिनु पर्ने बताए ।
राजविराजमा झण्डै ८ वटा आयुर्वेदिक औषधी पसल दर्तामा छन् । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सप्तरीका प्रमुख डा. शिवशंकर यादवले जिल्लाभरमा करिब एक भन्दा बढी आयुर्वेद औषधालय पसल दर्तामा रहेको जानकारी दिए । उनले एलोपैथिक पसलेले आयुर्वेदिक औषधी बेच बिखन गर्न नपाउने ब्यवस्था रहेपनि केही पसलेले यसको पालना नगरेको बताउँदै यस सम्बन्धमा औषधी ब्यवस्था विभागले नै आवश्यक निगरानी र कारवाही गर्नु पर्ने बताए ।
औषधी ब्यवस्था विभागबाट केही दिन अघि मात्र यहाँका औषधी पसलहरुको अनुगमन गरिएको थियो । विभागका प्रमुख फार्मेशी अधिकृत टेकेन्द्र मिश्रको नेतृत्वमा अनुगमन टोली आउने बित्तिकै नगर क्षेत्रका अधिकांश औषधी पसल बन्द गर्दै संचालक सम्पर्कविहीन बनेका थिए ।
अधिकृत मिश्रले केही औषधी पसलमा समस्या र बिकृती रहेको भन्दै अब मापदण्ड बिपरित कार्य गर्ने औषधी पसलमा छड्के अनुगमन गर्नुका साथै कडाईका साथ अघि बढ्ने जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ