News Category 2079/09/01
स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीका वरिष्ठ पत्रकार एवं मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष स्व. शिवहरी प्रसाद भट्टराईको निधन भएको १३ औं दिनको पुण्यतिथिमिा बिहीबार एक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले श्रद्धाञ्जली सभाको आयोजना गरेर उनको सम्झाना र श्रद्धाञ्जली अर्पण गरेको हो ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक अध्यक्ष समेत रहेका भट्टराईको निधनले पत्रकार र पत्रकारिता क्षेत्रमा अपुर्णिय क्षति पुग्नुका साथै एउटा कुशल अभिभावक गुमाएको कार्यक्रमका सहभागी वक्ताहरुले बताए ।
पत्रकार महासंघ सप्तरी शाखाका सभापति श्रवण कुमार देवको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा प्रेस काउन्सिलका पूर्व सदस्य अनिल कुमार अनल, पत्रकार एवं लेखक रामरिझन यादव, महासंघका सप्तरीका पूर्व सभापति मुरली प्रसाद यादव, बैजनाथ झा, विष्णु मण्डल, जितेन्द्र खड्गा, केन्द्रिय सदस्य ललिता साह, रिन्कु मिश्रा, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, सर्लाही पत्रकार महासंघका अध्यक्ष टंक क्षेत्री, महासंघका निवर्तमान केन्द्रिय सदस्य अवधेश झा, विभिन्न प्रेस संघ संगठनका अध्यक्ष एवं प्रतिनिधि लगायतले स्व. भट्टराईको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ