News Category 2079/09/01
पत्रकार झामाथी धम्की दिनेलाई पक्राउ गर्न प्रहरीलाई ४८ घण्टे अल्टिमेटम
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पत्रकारलाई धम्की दिने व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई ४८ घण्टाको समय दिएको छ ।
महासंघको राजविराजस्थित कार्यालयमा पत्रकार सम्बद्ध नेपाल प्रेस यूनियन, प्रेस मञ्च नेपाल, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालका अध्यक्ष तथा प्रतिनिधि सम्मिलित बैठकले सो निर्णय गरेको हो ।
शुक्रबार सम्पन्न बैठकले पत्रकार अवधेश झालाई धम्की दिने ब्यक्तिहरुमाथि पक्राउ गरी कारबाही प्रक्रिया अगाडी नबढाए महासंघ थप सशक्त संघर्ष गर्न बाध्य हुने शुक्रबार जारि विज्ञप्ती माफ्र्त सम्बद्ध निकायलाई अवगत समेत गराएको छ ।
महासंघका सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा संस्थागतरुपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएपनि हालसम्म पीडकलाई प्रहरीले पक्राउ गर्न नसक्नुप्रति घोर आपत्ती जनाउँदै पत्रकार झा सप्तरी जिल्लामा बसेर समाचार संकलन गर्न असुरक्षितसमेत भएको उल्लेख छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, सप्तरी शाखाका सदस्य एवं कान्तिपुर दैनिक पत्रिकामा कार्यरत पत्रकार अवधेशकुमार झामाथि समाचार लेखेकै कारण केही ब्यक्तिले सामाजिक सञ्जाल माफ्र्त खुल्लेआम ज्यानमार्ने खालको तस्वीर राखेर धम्की आएको थियो ।
पत्रकार झाले १७ मंसिर २०७९ का दिन कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणको पेज नम्बर ४ मा प्रकाशित ‘तोक आदेशमा कर्मचारी भर्ना’ शिर्षकको समाचार लेखेका थिए । राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसूग समाचार सम्बन्धित रहेको छ ।
सोही समाचारप्रति फेसबुकमा नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडीवाट पत्रकार झाको तस्विरमा क्रस चिन्ह लगाएर ज्यानमार्ने धम्की दिएको भन्दै आवश्यक कारबाहीको माग गर्दै मंसिर २० गते पत्रकार झाको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ