News Category 2079/09/05
टिपरको ठक्करबाट विद्यार्थीको ज्यान गएपछि रुपनी तनावग्रस्त, प्रहरीद्वारा १३ राउण्ड हवाई फायर
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
सप्तरीको रुपनीमा विद्यालयबाट साइकल चढेर घर फर्कदै गरेकी एक विद्यार्थी (छात्रा)को मंगलबार बिहान टिपरको ठक्करबाट ज्यान गएपछि बिहानैदेखी तनावग्रस्त बन्यो ।
राजविराज–रुपनी सडक खण्डमा विद्यालयबाट घर फर्किदै गरेकी रुपनी गाउँपालिका १ निवासी शंकर यादवका १२ वर्षिया छोरी रिताकुमारीको ना.१क. ८५४२ नं.को टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले जानकारी दिएका छन् ।
दुर्घटना पश्चात् आक्रोसित विद्यार्थी, आफन्त र स्थानियले ठाउँ ठाउँमा टायर बालेर चर्को प्रदर्शन तथा पूर्वपश्चिम राजमार्गको रुपनी खण्डमा आवागमन ठप्प पारेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर र अऋ ग्यास प्रहार गरेको थियो ।
मृतकका बुबा बैदेशिक रोजगारमा छन् । स्थानिय रायपुर उच्चमाविमा कक्षा ६ मा अध्ययनरत उनको घटनास्थलमै मृत्यु भएपछि आक्रोसित विद्यार्थी तथा स्थानियवासीले चक्काजाम गरि ठक्कर दिने गाडी तथा नजिकै रहेको इलाका प्रहरी कार्यालय रुपनीमा ढुंगामुढा र तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुका साथै १३ राउण्ड हवाई फायर र ८ राउण्ड अऋ ग्यास सेल प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय रुपनीको झ्यालका सिसाहरु फुटेका छन् भने दुई जना प्रहरी समेतलाई चोट लागेको छ । ठक्कर दिने गाडी र चालक भुपाल चौधरीलाई नियन्त्रणमा लिई कार्यवाही प्रक्रिया अघि बढाइएको तथा स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
स्थानियले भने प्रहरीले समेत ढुंगामुढा गरेको र सो क्रममा स्थानिय सन्तोष यादव र श्रवण यादव घाइते भई उपचारका लागि युनिक अस्पतालमा भर्ना गरिएको छ ।
आक्रोसित विद्यार्थी र आफन्तले चालकमाथी सवारी ज्यान मुद्दा अन्तरगत कारवाही हुनुपर्ने, उक्त सडकखण्डमा बाटो नै अवरुद्ध हुने गरि जथाभावी बालुवा, गिटी थुपार्ने निर्माण कम्पनीमाथी कारवाही हुनुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ती, घाइतेको उपचार, टिपरहरुमा टाइमकार्ड लागु तथा बल प्रयोग गर्ने प्रहरीमाथी विभागिय कारवाही हुनुपर्ने माग गरेका छन् ।
यसैबीच आन्दोलनकारी, मृतकका आफन्त, गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा प्रहरी अधिकारीबीच भएको तीन घण्टा लामो छलफल सहमति नजिक पुगेपछि मंगलबारै साँझदेखी आवागमन सूचारु गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ