News Category 2079/09/06
२० महिने शिशुको तौल ४ किलो, विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको उपचारको भारीले रन्जनाको कन्तबिजोग
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिका ११ लहरनिया टोलकी २२ वर्षिया रन्जनाकी २० महिने छोरी कुपोषित भएपछि उनलाई अहिले अर्को विपत्त आइपरेको छ ।
एक त रन्जनाका पति हिरवा सदाले उनलाई गर्भवती अवस्थामा कुटपिट गर्दै घर निकाला गरिदिएका छन् भने छोरी कुपोषित भएपछि उनी झनै बिचल्लित अवस्थामा छिन् ।
सामान्यता २० महिनाको बच्चाको तौल कम्तिमा साढे ११ किलो हुनुपर्नेमा उनकी छोरी सिर्जनाको ४ किलो मात्र रहेकी छिन् । उनले छोरीलाई लिएर उपचारका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह हाताभित्र संचालनमा रहेको पोषण पुनः स्थापना गृहमा पुगेपछि पोषण गृहको ४ नं. बेडमा राखी उपचार थालिएको छ ।
गृहकी प्रमुख रश्मी झाले आमालाई पोषिलो खानाको अभावमा दुध नपुगेर बच्चामा यस्तो कडा कुपोषण देखिएको बताइन् । उनले भनिन, “शिशुको अवस्था हेर्दा कुपोषणले अतिग्रसित भएको छ, शिशुको शरीरमा मासु छैन, छाला र हाड मात्र छ ।” उनले बच्चाको अवस्था अत्यन्त कडा खालको कुपोषणको अवस्था रहेकोले समयमै ध्यान नदिइए बच्चाको अवस्था थप जटिल हुने बताइन् ।
पोषण गृहमा राखेर उपचार सुरु गरिएपनि थप उपचार आवश्यक रहेको र एक पटक धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिषठनमा लगेर विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परिक्षण गराउन जरुरी देखिएको उनको भनाई छ ।
पोषण गृह पुग्न अघि मिनरल वाटरको खाली बोतल लिएर बच्चालाई खुवाउन दुध माग्दै होटलमा पुगेकी उनको अवस्था देखेर एक होटल धनीले दुधका साथै चुसाउनका लागि निप्पल समेत किनेर दिएको रन्जना बताउँछिन् । उनले दुखेसको पोख्दै भनिन्, “म गर्भवती महिला कुपोषितले ग्रस्त बच्चाको हेरचार गर्नुकी कमाउन जानु ? सामान्य खाना त पुग्दैन कहाबाट पौष्टिक आहार खुवाउनु ।”
दिनभर मजदुरी गरेर कमाएको पैसा रात परेपछि रक्सीमा उडाउने गरेका पतिलाई सम्झाउने प्रयास गर्दा गत असोज ७ गते गर्भवती अवस्थामै कुटपिट गरि उनलाई घर निकाला गरिदिएका हुन् ।
अर्काको खेतमा मजदुरीले जिविका धान्दै आएका सदा दम्पत्ति लहरनिया टोलमा ऐलानी २ धुर जग्गामा बनाइएको फुसको झुप्रोमा बसोवास गर्दै आएका थिए । रन्जना ६ महिनाकी गर्भवती छिन् ।
हाल उनी कंचनरुप नगरपालिका १० बदगामा टोलस्थित माइतमा सरण लिन पुगेकी छिन् । उनको बुबाको पनि दुई वर्षअघि निधन भइसकेको छ भने आमा मानसिक सन्तुलन गुमाई घरकै एक कोठामा सीमित हुन पुगेकी छिन् । माइती बसाइकै क्रममा उनको २० महिनाको छोरी सिर्जना कुपोषणको सिकार भइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ