News Category 2079/09/09
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
राजविराज÷देश र मधेशको दिगभ्रमित राजनीतिको निकास र यूवाको भूमिका विषयक एक दिने अन्तरक्रिया शनिबार राजविराजमा सम्पन्न भएको छ ।
कुमार कमलेन्द्रमको अध्यक्षता तथा वरिष्ठ पत्रकार अनिलकुमार अनलको प्रमुख आतिथ्य र पूर्वप्रअ नथुनी दास, बलराम यादवको विशिष्ठ आतिथ्यमा सम्पन्न सो अन्तरक्रियामा वक्ताहरुले देश र मधेशलाई अधिकार सम्पन्न, समृद्ध र सम्मान दिलाउदै सुशासनसहितको लोकतन्त्र र स्वयततासहितको संघीयतालाई सबल बनाउने ऐतिहासिक कार्यभार यूवामाथी आइपरेको बताएका छन् ।
कार्यक्रममा वक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रमा यात्रा गरिरहेपनि सम्पूर्ण नेपालीमा एक किसिमको राष्ट्रियताको विकास हुन नसक्नुमा सिमित जातिहरुको राजयका महत्वपूर्ण अंगहरुमा पहुँच र बहुसंख्यक मधेशी, जनजाती र दलितहरुलाई अलग गरि शासन गर्नु नै दोषि रहेको बताएका छन् ।
कार्यक्रममा यूवा नेता जयप्रकाश यादव, डा. सूर्य प्रसाद यादव, रामगमन साह, सावित्री पण्डित, सुनता साह, मक्सुधन यादव, सेवा निवृत शिक्षिका मन्जु श्रेष्ठ, सुमन कुमार चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । विष्णु नारायण यादवद्वारा संचालित कार्यक्रममा सरेन्द्र प्रसाद यादवले स्वागत मन्तव्य दिएका थिए भने सोही कार्यक्रममा कुमार कमलेन्द्रम र विष्णु नारायण यादवले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ