News Category 2071/07/28
कुटपिट गरि घरनिकाला गर्ने पतिविरुद्ध उजुरी तीन वर्षीया छोरीसहित गर्भवती महिला सेफ हाउसमा
दैनिक संवाददाता
राजविराज, २७ कात्तिक ।
कुटपिट गरी घरनिकाला गर्ने पतिविरुद्ध एक पीडित महिलाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी छिन ।
सप्तरीको नकटी रायपुर गाविस–८ की २५ वर्षीया इन्द्रादेवी यादवलाई पति ३५ वर्षीय सुविलाल यादवले कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी हुन् ।
आरोपित पति र सासू ६० वर्षीया गङगीयादेवी यादवले कुटपिट गरी घरनिकाला गरेकोले आवश्यक कारबाही र घाउँजाँचका लागि पीडितले उजुरी दिएको बताइन् ।
कुटपिटबाट घाइते पीडितको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको थियो । घरनिकाला पछि तीन वर्षीया छोरीसहित सात महिनाकी गर्भवती पीडितले राजविराजस्थित सेफ हाउसमा आश्रय लिएकी छन् ।
आरोपितको जेठी पत्नी ३० वर्षीया बिमलादेवी यादवतर्फ शल्यक्रिया गरी दुई छोरीमात्र भएपछि घरपरिवारका सदस्यहरुले नै बिमलाकी बहिनी पीडित इन्द्रादेवीको गत्त २०६७ साल जेठ १९ गते भिनाजुसँग विवाह गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ