News Category 2079/09/09
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु

राजविराज÷राजविराजस्थित सगरमाथा आँखा अस्पतालले शनिबारदेखी ७ दिने निशुल्क आँखा तथा छाला सम्बन्धी परिक्षण स्वास्थ्य शिविर सुरु गरेको छ ।
उक्त शिविरमा शनिबार मात्रै १ सय ३२ जना बिरामीले निशुल्क स्वास्थय उपचार पाएको अस्पताल प्रबन्धक अफाक अनवरले जानकारी दिएका छन् ।
उनका अनुसार स्वास्थ्य उपचार पाएका मध्ये २६ जना बिरामीमा मोतिया बिन्दु देखा परेको छ भने बाँकी बिरामीहरुलाई सामान्य उपचार गराई घर फर्किएका छन् ।
नेत्र विशेषज्ञ डा. संजय कुमार सिंहको नेतृत्वमा नेत्र विशेषज्ञ डा. आशिषराज पन्थ, छाला विशेषज्ञ डा. रिपला आचार्य लगायत सात सदस्यीय टोलीले शिविरमा बिरामीहरुको चेक जाँच गरिरहेका छन् ।
यस अस्पतालमा मोतीयाविन्दु, जलविन्दु, कोर्नियल अल्सर, मेडिकल रेटिना, अकुलोप्लाष्टी, आँखाको नानीप्रत्यारोपण, बच्चाको आँखाजाँच लगायत आँखासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा शल्यक्रिया हुने गरेको अस्पतालका मेडिकल सुपेरिनटेन्डेन्ट डा. पन्तले जानकारी दिए ।
राजविराजमा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपसोस् भन्ने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याएको उनको भनाई छ ।
साताको सातै दिन ओपिडी तथा सर्जरीको सुविधा सञ्चालनमा रहने हुदाँ विरामीले आफुलाई पायक पर्ने समय र दिनमा आँखाको उपचार समेत गराउने सकिने व्यवस्था मिलाइएको छ ।
जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा नभएर यहाँका विरामीलाई अन्य शहर जानुपर्ने वाध्यता अब रहदैन भन्दै संचालक अनवरले विरामीले फोन वा मैसेजको माध्यमले नाम दर्ता तथा जाँचको समय बुक गराउने सुविधा अस्पतालले प्रदान गराएको बताए ।
अस्पतालले पुष ९ गते देखि मेघा शिविर मार्फत आँखाको सम्पूण उपचार सेवा शुभारम्भ गर्दै शिविरमा नाम दर्ता निःशुल्कका साथै शल्यक्रियामा छुटको व्यवस्था समेत मिलाइएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ