News Category 2079/09/12
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
दुई दिन अघि चोरेको मोटरसाईकलको नम्बर परिवर्तन गरी प्रयोगमा ल्याएका राजविराज ४ का २२ वर्षिय सोनु सेख पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार दुई दिन अघि उनले राजविराज ११ निवासी शुभनारायण शर्माको को.३०प. ८११२ नम्बरको सुपर स्प्लेन्डर मोटरसाईकल चोरेका थिए ।
डिएसपी नरेश कुमार सिहका अनुसार चोरीको उक्त मोटरसाईकलको नम्बर परिवर्तन गरी प्रयोगमा ल्याएका सेख सोमवार राती चेक जाँचको क्रममा राजविराज–हनुमाननगर सडक खण्डबाट पक्राउ परेका हुन् ।
जिल्लामा भएका मोटरसाईकल चोरीका अन्य घट्नामा पनि सेखको संलग्नता हुन सक्ने आशंका गरिएको उनको भनाई छ ।
मंगलवार चोरी मुद्दा शिर्षकमा जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी उनीमाथी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ