News Category 2079/09/12
झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक र उनलाई सघाउने माइजु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीकी ५० वर्षिया फुुलिया देवी मुखीया र भारतको विहार राज्य मधुवनी जिला फुलपरास ग्राम पंचायतका २० वर्षिय धिरज कुमार मुखिया छन ।
पक्राउ परेका मध्ये फुलिया देवी माईजु र धिरज भान्जा नाताका रहेका छन् । भारतीय नागरिक धिरजलाई छोरा हो भन्दै विभिन्न किर्ते कागजात तयार गरी सप्तरीको बोदे बसाईन नगरपालिकास्थित इलाका प्रशासन कार्यालय पुगेका वेला सोमवार माईजु र भान्जा पक्राउ परेका हुन ।
भारतीय भान्जालाई छोरा हो भनी फुलिया देवीले झुठ्ठा विवरण र किर्ते कागजात पेश गरेपछि शंका लागेर चेक जाँच गर्दा सत्य खुलेको र दुबै जनालाई पक्राउ गरीएको डिएसपी नरेश कुमार सिहले बताए ।
दुबै जनालाई मंगलवार सप्तरी जिल्ला अदालतमा नागरिकता सम्बन्धि कसुरमा उपस्थित गराइएको र अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।
वडा कार्यालयदेखी प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पुरा गर्दै अधिकार प्राप्त अधिकारी सामु थरि थरिका प्रमाण पू¥याउनु पर्ने कानुनी प्रावधान छ । तर, वेला वेलामा झुठ्ठा विवरण, किर्ते कागजात त कतै मिलोमतोमै नागरिकता लिने दिने गरेको घट्ना सार्वजनिक हुने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ