News Category 2079/09/13
आरोपीले माफी मागेपछि पत्रकार महासंघको आन्दोलनका कार्यक्रम फिर्ता
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
पत्रकारलाई धम्की दिने प्रकरणमा अरोपीले माफि मागेपछि नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आफ्नो आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ ।
महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार अवधेश झामाथि धम्की दिने नसरुल राजालाई हिरासतमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाएको अवस्थामा स्थानीय अगुवाहरुबाट एक पटककालागि माफी दिने महासंघसित गरेको आग्रह बमोजिम जिल्ला प्रहरी कार्यालयमा छलफल पश्चात् माफी दिइएको जनाइएको छ ।
सो छलफलका क्रममा आफूले फेसबुकमा लेख्दा पनि यस्तो कानूनी कारबाही हुनसक्छ भनी ज्ञान नभएको र आईन्दा पत्रकारको सम्बन्धमा यस्तो नलेख्ने भनि आरोपी नसरुल राजाले माफी माग्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा कागजी कानूनी प्रक्रिया पूरा गरेपछि सहमतीमै उनलाई रिहा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त छलफलमा नसरुल राजाको तर्फबाट अधिवक्ता मोहम्मद समिम, नेपाल पत्रकार महासंघबाट अध्यक्ष श्रवणकुमार देव, पूर्व अध्यक्ष जितेन्द्र खड्गा, पीडित पत्रकार अवधेशकुमार झासहितका सहभागी थियो भने जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले र डीएसपी नरेश सिंहको उपस्थिती थियो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, सप्तरी शाखाका सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झामाथि समाजिक सञ्जाल ‘फेसबुक’मा स्थानीय नसरुल राजाले ज्यान मार्ने धम्कीसहितको पोष्ट गरेका थिए । सोही विषयलाई लिएर महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत पुस १२ गतेसम्म आन्दोलनलाई निरन्तरता दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ