News Category 2079/09/13
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
मोबाइलमा आउने गरेको विभिन्न चिट्ठा सन्देशका कारण ठगिने क्रम बढ्दै गएको छ । पछिल्लो पटक राजविराज वडा नं. २ निवासी एक महिला सोही चिठ्ठा सन्देशको प्रलोभनमा परि ठगिएकी छिन् ।
गृहणी नाज खातुन (नाम परिर्वतन) को मोवाइलमा २५ लाख रुपैया जितेको सन्देश हिन्दी भाषामा आएपछि उनी खुशी भइन् । सन्देश आएको केही बेरमै एकजनाले फोन गरे र अरुलाई पनि यस्तै चिट्ठा परेको र उनीहरुले रकम बुझिसकेको भन्दै त्यस्ता रकम बुझिलिएको भनिएका केही ब्यक्तीहरुको भिडियो नै तयार गरी उनको इमो र म्यासेन्जरमा पठाए पछि उनी झन विश्वासमा परीन ।
दोश्रो दिन ९८२०३७७३२२ नम्बरको मोवाइलबाट चिट्ठा राशी पाउन ५ हजार रकम पठाउनु पर्ने सुचना आयो र विराटनगरस्थित ग्लोबल आईएमइ बैंकमा मिन कुमार राईको नाममा रहेको खाता नम्बर २२३०७०१००५५७४५ मा उक्त रकम जम्मा गर्न भनियो । २५ लाख रुपैया पाउने प्रलोभनमा परेकी उनी तत्कालै ५ हजार रकम उक्त खातामा पठाइदिइन ।
रकम जम्मा गरेको एक घण्टा भित्रै २५ लाख पठाइदिने सन्देश पठाउने र फोन गर्ने ब्यक्ती भने त्यस पछि गायब भए । खातुनले भनिन “एक घण्टा भित्रै तपाईको खातामा २५ लाख रुपैया पठाइदिन्छु भन्ने सन्देश पठाउने र फोन गर्ने ब्यक्ती पाँच दिन वितिसक्दा पनि रकम पठाएनन् र गायब भए ।”
उनले आफू ठगिएको चाल पाएपछि बुधबार संचारकर्मीहरु सँग नाम नछापीदिन आग्रहका साथ उक्त गुनासो पोखेकी छिन । उनले चिट्ठा रकम पाउन बैंकमा रकम दाखिला गरेको भौचर पनि देखाउदै भनिन्, म त ठगिए अरु नठगियोस् ।
विभिन्न कम्पनीको लक्की ड्र र मोबाईलको लक्की ड्र जस्ता विभिन्न वहानामा सर्वसाधारणलाई झुक्याएर यस अघि पनि ठगीका दर्जनौ घटना भएका छन् । मोवाइल सन्देश पठाएर ठग्ने पछिल्लो समुहले राजविराजमा ५ दर्जन भन्दा बढी मानिसलाई यसरी नै ठगी गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले यस्तो ठगीका उजुरीहरु आउने क्रम बढेको भन्दै सर्वसाधारण आपैm पनि सचेत हुनु जरुरी रहेको बताए । उनले भने “मलाई समेत विदेशी नम्बरबाट एक जना अपरिचितले–तपाईलाई १० लाख रुपैयाको चिटठा परेको भन्दै मोवाईलमा सन्देश पठाएर पुरस्कार राशी लिन १० प्रतिशतले हुन आउने रकम एक बैंक र खाताको नाम टिपाइ तत्काल जम्मा गर्न भनेका थिए । डिएसपी सिंहले भने तर, म प्रलोभनमा फसिन । उनले आफुलाइ विदेशबाट फोन गर्ने ब्यक्तीलाई तत्कालै थर्काएर सचेत गराएको बताए ।
उनले यस्तो ठगी धन्दामा अन्तराष्ट्रियस्तर मै एउटा गिरोह सक्रिय भएको तथा विदेशी भुमीबाट यस्तो गतिवीधी संचालन गर्ने गरेकाले पक्राउ गर्न नेपाल प्रहरीका लागी चुनौती बनेको बताए । प्रहरीले पीडितलाई आवश्यक सहयोग गर्ने भन्दै नेपाली भुमीमा नेपालीबाटै ठगिएका त्यस्ता पीडितहरुलाई प्रहरीसंग सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ