News Category 2079/09/13
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ४ सिलहटमा मंगलबार राती आगलागिमा परेर एक बृद्धाको मृत्यु भएको छ ।
पशू चौपायालाई चिसो र लामखुट्टेबाट जोगाउन गाइगोठमा बालिएको घुर सल्केर आगलागी हुदा ८० वर्षिय मुक्तिपाल राउतको जलेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनलाई जोगउन गएका २५ वर्षिय नाती धर्मदेव पाल सामान्य घाईते भएका छन् ।
आगलागीबाट उनको गाईगोठ जलेर पुर्णरुपमा जलेर नष्ट हुनुका साथै एउटा राँगा र एउटा भैसी समेत जलेर मरेका छन । सबै सुतिरहेका बेला राती १२ बजेर तीर आगलागी भएकाले मानवीय क्षती समेत हुन पुगेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक बलिष्टर सिहले जानकारी दिए ।
चिसो र लामखुट्टेबाट पशु चौपायालाई जोगाउन गाईगोठमा घुर बालेर नजिकै खाटमा सुतेका बृद्ध राउत तीव्र गतीमा आगो फैलिएकाले समय मै भाग्न नसकेको अनुमान गरिएको छ ।
प्रहरी र स्थानीयको प्रयासमा दुई घण्टा पश्चात् आगोमाथी नियन्त्रण कायम गरिएपछि २ वटा भैसी समेत घाईते अवस्थामा फेला परेको स्थानीयवासी सत्यनारायण यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ