News Category 2079/09/14
शितलहर चलेपछि विपन्न वर्ग मारमा, छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
केही दिनदेखी शितलहर चलेपछि जनजीवन कष्टकर बनेको छ । बिहानैदेखी बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयको दैनिक जीवन कष्टकर बनेको हो । शितलहर बढेपछि सार्वजनिक स्थलमा दाउरा बालेर आगो ताप्नेक्रम पनि बढेको छ ।
दिउँसो भन्दा विहान र बेलुका धैरै चिसो महशुस हुने गरेको छ । विहानैदेखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट मानिस कमै निस्किदा सडकमा चलहपहल निकै घटेको छ । अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दम, झाडापाखा, रुघाखोकीका विरामीको चाप समेत बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
यसैबीच छिन्नमस्ता गाउँपालिकाले विहीवारदेखी आप्mनो पालिका क्षेत्र भित्रका विपन्न वस्तीका दलित, एकल महिला र जेष्ठ नागरिकलाई चिसो छल्न ब्ल्याङ्केट वितरण गरेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिएका छन् ।
उनले चिसोबाट बच्नका लागी गाउँपालिकाले बिहीबारदेखि गाउँपालिका भित्रका दलित, एकल, विधवा र ज्येष्ठ नागरिक तथा महिलाहरुलाई न्यानो ब्ल्याङकेट वितरण गर्ने कार्य सुरु गरेको बताउँदै पहिलो दिनको वडा नं. ४ लालापट्टीबाट ब्ल्याङकेट वितरण कार्य सुरु गरिएको र क्रमश यस कार्यलाई निरन्तरता दिँदै गाउँपालिकाको सात वटै वडाहरुमा वितरण गरिने छ ।
यता चिसोबाट विशेष गरी अतिविपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी प्रभावित भईरहेका छन । मजदुरहरु काममा जान पाएका छैनन भने घरमै वस्नु पर्दा हातमुख जोर्ने समस्या भइरहेको राजविराज नगरपालिका ९ मलेठ स्थित दलित वस्तीकी पवित्रा देवीले गुनासो पोखिन । शरीर ढाक्ने पर्याप्त न्यानो लुगा नरहेको तथा अर्काेतिर अत्याधिक चिसोले काममा जान नपाउँदा हात मुख जोर्न उनीहरुलाई समस्या भएको छ ।
बाक्लो हुस्सुले भिजीविलीटी कम भएपछी पुर्वपश्चिम राजमार्गसहित बजार र ग्रामिण क्षेत्रको भित्री सडकमा चल्ने सवारी साधन विहान र दिउसै पनि बत्ति बालेर गुडिरहेका छन् । ट्राफिक प्रहरीले पनि यस्तो मौसममा सावधानी अपनाएर सवारी साधन गुडाउन अनुरोध गरिरहेको छ ।
चिसो कै कारण क्षति नहोस भन्ने उद्देश्यले क्षती न्युनिकरण गर्न आवश्यक उपायका लागी जिल्लाका सबै स्थानीयतह सँगको समन्वयमा आवश्यक तयारी अघि बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।
यता जाडोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा खान र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन गजेन्द्र नारायण सिह अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका डा.मुरली प्रसाद सिंहले सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ