News Category 2079/09/17
राजविराजमा पुस्तक मेला
दैनिक समाचारदाता
राजविराज, १७ पुस ।
आइतबारदेखी राजविराजमा साहित्यिक संस्था साझा प्रकाशनले बृहत पुस्तक मेलाको आयोजना गरेको छ । १४ दिन सम्म चल्ने उक्त पुस्तक मेलाको आईतवार साहित्यकर्मी एवं दहेजमुक्त मिथिला समाजकी राष्ट्रिय संयोजक करुणा झाले उदघाटन गरेकी छिन् ।
पुस्तक मेलामा विभिन्न साहित्य, कला, इतिहास, धार्मिक ग्रन्थ, बाल साहित्य, शब्दकोष संग सम्बन्धित २ हजार ५ सय भन्दा बढी शिर्षकका पुस्तकहरु राखिएका छन् ।
सो अवसरमा उनले यस्ता पुस्तक मेलाले सम्पुणर््ा भाषा, साहित्य, कला र संस्कृतीको श्रीबृद्धिमा टेवा पु¥याउने विश्वास ब्यक्त गरेकी छिन् ।
अन्तराष्ट्रिय मैथिली परिषद नेपालको महासचिव समेत रहेकी उनले अन्य भाषासगै मैथिली भाषा र साहित्यका पुस्तकहरु पनि बढी प्रकाशनमा ल्याउनु पर्नेमा जोड दिदै मैथिली भाषा साहित्य क्षेत्रमा कलम चलाउने साहित्यकार र प्रकाशक संस्थाहरुलाई यस तर्फ सक्रियता देखाउन आग्रह समेत गरिन् ।
मधेश प्रदेशमा भाषा, साहित्य, कला संस्कृतीका पुस्तकहरुको अध्ययन गर्ने पाठकको संख्या कम रहेकोमा चिन्ता ब्यक्त गरेकी उनले यस्तो छुट सहितको पुस्तक मेलाले त्यस्ता पाठकलाई आकmस्र्षण गर्न सफल हुने विश्वास ब्यक्त गरिन ।
शाखा प्रबन्धक मनोज माझीले पठन संस्कृतीको विकास तथा ज्ञानबद्र्धक उपयोगि पुस्तकको विक्री वितरण बृद्धि गर्ने उद्देश्यले पुस्तक मेलाको आयोजना गरीएको बताए ।
एक हजार ६ सय भन्दा बढी लेखकको कृती राखिएको पुस्तक मेला पुष ३० सम्म चल्ने र उक्त अवधीमा विभिन्न विद्याका पुस्तकमा २५ देखी ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइएको सो संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ