News Category 2079/09/17
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो

दैनिक समाचारदाता
राजविराज, १७ पुस ।
मधेश प्रदेशसभा सदस्यहरुले पहिलो पटक जिल्ला भरीकै कार्यालय प्रमुखहरुको भेला गराई कार्यालय संचालनमा आउने समस्या र त्यसलाई सुधारका लागि पहल थालिने बताएका छन् ।
सप्तरी क्षेत्र नं. २ को १ र २ बाट निर्वाचित प्रदेशसभा सदस्यद्वय सतिश कुमार सिंह र महेश प्रसाद यादवले संयुक्त रुपमा कार्यालय संचालनमा आउने समस्या र त्यसलाई समाधानका लागि पहल थालिने प्रतिबद्धता जनाएका छन् । नवनिवार्चित दुबै प्रदेशसभा सदस्य हालै सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका तर्फबाट उम्मेदवार रहेका थिए ।
प्रदेशसभाद्वयसहित प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा समेतको समन्वयमा आईतवार राजविराजमा सबै सरकारी कार्यालयका प्रमुख तथा पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुको भेला डाकेर यस्तो पहल थालेका हुन् ।
जनतालाई चुस्तदुरुस्त सेवा प्रवाहका लागि पहिले कार्यालय प्रमुखहरुबाट समस्याबारे जानकारी लिने र त्यसपछि आवश्यक पहल गरिने प्रदेशसभा सदस्यद्वय सिंह र यादवले बताए ।
प्रदेशसभा सदस्य सिंह र यादवका साथै प्रमुख जिल्ला अधिकारी थापाले सो बैठकमा जनतालाई सेवा प्रवाहमा सुधार ल्याई गुनासो नआओस भनी ध्यानाकर्षण गराएका थिए । बैठकमा अधिकांश कार्यालय प्रमुखहरुले कर्मचारी र बजेटको चरम अभावका कारण काममा समस्या परिरहेको लाचारी ब्यक्त गर्दै यस तर्फ आवश्यक पहल गर्न आग्रह गरेका थिए ।
बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले कार्यालयमा सिटामोल सम्म किन्ने बजेट नहुँदा स्थानीयतह र प्रदेश सरकारको मुख ताकेर वस्नु परेको गुनासो पोखे । उनले कतैबाट बजेट नआउदा एक पत्ता सिटामोल किन्न पनि विभिन्न पालिका र प्रदेश सरकारसंग सहयोगका लागी आग्रह गरेको गर्दै आएको बताए । उनले ती औषधीलाई गन्तब्यसम्म पु¥याउन ढुवानी भाडा समेत नरहेको लाचारी सुनाए ।
यस्तै नेपाल टेलिकमका शाखा प्रमुख हसन अन्सारीले कर्मचारीको चरम अभावले सेवा प्रवाहमा समस्या भईरहेको गुनासो पोखे । उनले कर्मचारीको चरम अभाव रहेको तथा अर्काे तीर नियमित मोवाइल नेटवर्कका लागि २२ वटा टावर राख्नु पर्नेमा केन्द्रिय कार्यालयले २ वटा टावर मात्र राख्ने स्विकृत दिएको जनाए ।
यसैगरि तिलाठी कोईलाडी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र यादवले कर्मचारीको चरम अभावका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै प्रदेश लोकसेवा आयोगबाट भएपनि यथासक्य विज्ञापन र रिक्त पदपुर्तीको व्यवस्था मिलाउन पहलका लागि आग्रह गरे ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले रिक्त रहेको दरबन्दी पदपुर्ती नहुदा र आवश्यक बजेटको अभावमा कृषि क्षेत्रमा समस्या उत्पन्न हुने गरेको बताए । घरेलु तथा साना उधोग कार्यालयका प्रमृुख रेखा यादवले कर्मचारी तथा भौतिक पुर्वाधारको अभावमा सेवा प्रवाह गर्न निकै अप्ठ्यारो भइरहेको भन्दै यसका लागि पहल गर्न ध्यानाकर्षण गराए ।
कार्यक्रमका अधिकाँश सहभागी कार्यालय प्रमुखहरुले कर्मचारी र बजेटको चरम अभाव प्रति ध्यानाकर्षण गराएपछि प्रदेशसभा सदस्यद्वय सिह र यादवले उक्त समस्या समाधानका लागि आफुहरुले प्रदेश देखी केन्द्र सम्म आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ