News Category 2079/09/18
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको मुल्य महगिएपछि मुर्तीकार समस्यामा
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
माटोको मुर्ती बनाउन प्रयोग हुने सबै सामाग्रिहरुमा मुल्य बृद्धि भएपछि मुर्तिकारहरु समस्यामा परेका छन् ।
नजकिदै गएको सरस्वती पुजाका लागि मुर्ती बनाउने स्थलदेखि सामाग्रिहरुमा मुल्य बृद्धि भएपछि मुर्तिकारहरु चिन्तित समेत बनेका छन् ।
यस पल्ट माघ १२ गते मंगलवार विद्याकी देवी सरस्वतीको पुजा परेको छ । राजविराजमा मात्रै अहिले एक दर्जन स्थानमा मुर्ती कलाकारहरुले देवी सरस्वतीको माटोको मुर्ति बनाइरहेका छन् । तर, मुर्ती बनाउन प्रयोग गरिएको जग्गाको भाडा देखि माटो, पराल, वास, काठ र रंगरोगन सबैको मुल्य आकाशिएकोले आपुृmहरु चिन्तामा डुबेको मुर्तीकारहरु बताउँछन ।
विभिन्न गाउँपालिकाबाट आएका मुर्तीकार अहिले सडक छेऊमा रहेका विभिन्न ब्यक्ति र सार्वजनिक खाली जग्गामा मुर्ती बनाउने काम गरिरहेका छन । तर सार्वजनिक स्थल र चौरमा स्थानीय निकायले काम न गर्न ताकेदा तथा ब्यक्तिको नाममा रहेको निजी जग्गा वालाले चर्काे भाडा माग्न थालेपछि आपृmुहरुको व्यवसाय संकटमा परेको मुर्तीकार श्याम कुमार मुखियाले गुनासो पोखे ।
विष्णुपुर गाउँपालिका ६ घर भएका उनी विगत १० दिन देखी राजविराज ७ मा एक खाली जग्गा भाडामा लिई माटोको मुर्ती बनाउदै आएका छन् ।
राजविराजको सिरहा रोडमा अर्का मुर्तीकार देबु मण्डलले पनि चर्काे मूल्यमा खाली जग्गा भाडामा लिइ मुर्ती बनाउन शुरु गरेका छन् । उनले अहिले सम्म ३५ वटा सरस्वती देवीका मूर्ती बनाएका छन् ।
मुर्तीको आकार र मिहिनेत हेरी उनले १ हजार ५ सय देखी १० हजार रुपैया सम्म मोल निर्धारण गरेका छन् । तर अर्डर भने अहिले सम्म ३ वटा मुर्तीको मात्र आएको उनले सुनाए ।
अर्का मूर्तीकार राजगढ गाउँपालिका ४ का रवी मुखियाले माटाका मूर्ती बनाएर परिवारको गुजारा चलाउदै आएकोमा चर्किएको भाडादर र अकासिएको महगीले समस्या पारेको बताए । आपुृmहरुले बनाएको देवी देवताको मूर्ती अगाडी ज्ञान र धन माग्दै ठूला ठूलाले शिर निहुराएको देख्छु तर हाम्रो पीडा कसैले देख्दैनन, मूर्तीकाहरुको साझा गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ