News Category 2079/09/20
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त

दैनिक समाचारदाता
राजविराज, २० पुस ।
मधेशी आयोगका अध्यक्ष डा.विजय कुमार दत्तले तराई मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक रुपमा प्रयास भईरहेको बताएका छन् ।
बुधवार राजविराजमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले तराई मधेशको प्रमुख भाषा मैथिलीको तिरहुतीयालीपीको विकासको काम यसै वर्ष देखी अघि बढाइने जानकारी समेत दिए ।
प्रतिनिधी सभामा हालै आयोजित सपथग्रहण समाहरोमा मधेशी भाषाका नाममा गरिएको सपथको बारेमा उत्पन्न विवाद सम्बन्धि राखिएको जिज्ञासामा उनले आफुहरुले बुझ्दा तराइ मधेशमा मैथिली, अवधी र भोजपुरी गरी तीन वटा भाषा मात्र रहेको भनी जानकारी पाएको उल्लेख गरे ।
उनले यसबारे भाषा आयोगमा समेत बुभ्mदा कतै पनि मधेशी भाषा भनी सुचिकृत नगरिएको पाइएको बताए । सपथग्रहण सम्बन्धि विवादकाबारे मधेशी आयोगमा उजुरी परेको र यसबारे प्रस्ट पारी दिन संघिय संसदको सचिवालयमा आफुहरुले पत्राचार गरेपनि अहिले सम्म जवाफ नआएको उनले जानकारी दिए ।
सचिवालयबाट जवाफ आएपछि कसरी अगाडी बढ्ने भन्ने निर्णय गरिने समेत उनले बताए । आयोगकी सदस्य अभा सेतु सिहले मधेशको भाषा, साहित्य, कला र संस्कृतीको सम्बद्र्धनका लागी आयोग श्रोत साधानले भ्याए सम्म काम गरीरहेको बताईन । उनले समस्याका बावजुद पनि आफुहरुले समन्वयका साथ काम गरिरहेको दाबी गरेकी छिन् ।
यता तराई मधेशका विभिन्न भाषाको विकास र सशक्तीकरणका लागी श्रोत साधन अभावका कारण सोचे जस्तो काम गर्न नसकिएको उनले बताए ।
“मधेशी आयोगको दफा ७ मा मधेशका भाषा, कला, साहित्य र लिपीको सम्बद्र्धनका लागी व्यवस्था गरिएको छ, उनले भने तर मानवीय तथा भौतिक श्रोत साधनको कमीले गर्दा चाहे जस्तो काम गर्न सकिएको छैन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ