News Category 2079/09/20
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
मधेशी आयोगका अध्यक्ष डा.विजय कुमार दत्तले तराई मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक रुपमा प्रयास भईरहेको बताएका छन् ।
बुधवार राजविराजमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले तराई मधेशको प्रमुख भाषा मैथिलीको तिरहुतीयालीपीको विकासको काम यसै वर्ष देखी अघि बढाइने जानकारी समेत दिए ।
प्रतिनिधी सभामा हालै आयोजित सपथग्रहण समाहरोमा मधेशी भाषाका नाममा गरिएको सपथको बारेमा उत्पन्न विवाद सम्बन्धि राखिएको जिज्ञासामा उनले आफुहरुले बुझ्दा तराइ मधेशमा मैथिली, अवधी र भोजपुरी गरी तीन वटा भाषा मात्र रहेको भनी जानकारी पाएको उल्लेख गरे ।
उनले यसबारे भाषा आयोगमा समेत बुभ्mदा कतै पनि मधेशी भाषा भनी सुचिकृत नगरिएको पाइएको बताए । सपथग्रहण सम्बन्धि विवादकाबारे मधेशी आयोगमा उजुरी परेको र यसबारे प्रस्ट पारी दिन संघिय संसदको सचिवालयमा आफुहरुले पत्राचार गरेपनि अहिले सम्म जवाफ नआएको उनले जानकारी दिए ।
सचिवालयबाट जवाफ आएपछि कसरी अगाडी बढ्ने भन्ने निर्णय गरिने समेत उनले बताए । आयोगकी सदस्य अभा सेतु सिहले मधेशको भाषा, साहित्य, कला र संस्कृतीको सम्बद्र्धनका लागी आयोग श्रोत साधानले भ्याए सम्म काम गरीरहेको बताईन । उनले समस्याका बावजुद पनि आफुहरुले समन्वयका साथ काम गरिरहेको दाबी गरेकी छिन् ।
यता तराई मधेशका विभिन्न भाषाको विकास र सशक्तीकरणका लागी श्रोत साधन अभावका कारण सोचे जस्तो काम गर्न नसकिएको उनले बताए ।
“मधेशी आयोगको दफा ७ मा मधेशका भाषा, कला, साहित्य र लिपीको सम्बद्र्धनका लागी व्यवस्था गरिएको छ, उनले भने तर मानवीय तथा भौतिक श्रोत साधनको कमीले गर्दा चाहे जस्तो काम गर्न सकिएको छैन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ