News Category 2079/09/21

मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी

दैनिक समाचारदाता

मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी

दैनिक समाचारदाता
राजविराज, २१ पुस । 

    मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको बन्ने भन्ने चासो र चर्चा बढ्दै गएको छ । प्रदेशसभा सदस्यहरुको शपथग्रहण पश्चात् अहिले मुख्यमन्त्री को बन्ने बारे विभिन्न राजीनितक दलभित्र चर्चाको विषय बनेको हो । 
    मुख्यमन्त्री बन्ने दौडमा सप्तरीबाटै जसपाबाट प्रदेशसभा सदस्य मनिष कुमार सुमन, जनमत पार्टीका मधेश प्रदेशसभा संसदीय दलका नेता महेशप्रसाद यादव र जनमत पार्टीकै प्रदेशसभा सदस्य सतिश सिंह अग्रपंक्तिमा छन् ।
    सत्तागठबन्धन दल एमाले र जनमतले आ–आफ्नो संसदिय दलको नेता चयन गरिसकेको छ । सोही गठबन्धनमा रहेका जसपाले भने बिहीबार संसदीय दलको नेता सर्वसम्मतबाट चयन गर्न सकेपछि शुक्रबार दलको नेतामा निर्वाचन हुने पार्टी श्रोतले जनाएको छ । 
    यता प्रतिपक्षमै बस्ने लगभग निश्चित देखिएको नेपाली काँग्रेसले पनि संसदिय दलको नेतामा पार्टीको मधेश प्रदेश सभापती कृष्ण प्रसाद यादवलाई संसदिय दलको नेतामा चयन गरिसकेको छ । 
    मधेश प्रदेशमा २३ सिट ल्याएर पहिलो दल बनेका एमालेले सरोज कुमार यादवलाई संसदिय दलको नेता छानेको छ भने १३ सिट ल्याएको जनमत पार्टीले महेश प्रसाद यादवलाई संसदिय दलको नेतामा चयन गसिकेको छ । 
    १६ सिट ल्याएको जनता समाजवादी पार्टी (जसपा)ले भने २ दिन भित्रै संसदिय दलको नेता चयन गरिसकने जनाएको छ । जसपाका प्रवक्ता एवं मधेश प्रदेशसभा सदस्य मनिष कुमार सुमनले सहमती नभए निर्वाचन प्रकृयाबाटै भएपनि शुक्रवार भित्र संसदिय दलको नेता चयन गरी सक्ने स्पस्ट पारेका छन् । 
    संसदिय दलको नेता नै सरकारमा पार्टीको नेतृत्व गर्ने चलन रहेको छ । यद्धपी विगतमा संसदिय दलका नेता नभएकाहरु पनि केन्द्रिय सरकारको नेतृत्वमा पुगेको जानकारहरु बताउँछन । सोही आधारलाई टेकेर अहिले संसदिय दलका नेता बाहेकका पनि प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री पदका लागी आकांक्षा ब्यक्त गर्दै आएका छन् । 
    भावी मुख्यमन्त्रीका लागी सप्तरीबाटै तीन जना आकाँक्षीहरु देखिएका छन् । जसमध्ये जनमत पार्टीको संसदिय दलको नेतामा चयन भएका महेश प्रसाद यादवको बढी चर्चा हुने गरेको छ । यादव सप्तरीको क्षेत्र नं.२ को २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । सोही पार्टीबाट क्षेत्र नं.२ को १ बाट निर्वाचित भएका सतिष कुमार सिहंको पनि भावी मुख्यमन्त्रीको रुपमा चर्चा शूरु भएको छ । उनले भने “मुख्यमन्त्रीको दौडमा छु, जिम्मेवारी पाए कुशलता पुर्वक निर्वाह गर्छू, प्रदेशसभा सदस्य सिंहले भने–यद्धपी पार्टीको शिर्षस्थ नेताले गर्ने निर्णय पुर्ण स्वीकार्य हुने छ ।”
    मुख्यमन्त्रीमा जसपाका तर्फबाट सप्तरीकै मनिष कुमार सुमनले पनी दावेदारी प्रस्तुत गरेका छन । उनी समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन । जसपाका प्रवक्ता समेत रहेका सुमनले जसपाको तर्फबाट आपूm पनि मुख्यमन्त्रीको आकाँक्षी रहेको स्पस्ट पार्दै संसदिय दलको नेता चयन प्रकृया सकिएपछी यकिन भन्न सकिने अवस्था रहेको बताए । 
    उनले शक्ती बाँडफाँड र सरकारको नीती तथा कार्यक्रम हेरेर मात्र केन्द्र देखी प्रदेशको सत्तामा जाने ÷नजानेबारे अन्तिम निर्णय गरिने जानकारी समेत दिए । 
    मधेश प्रदेशमा एमाले २३ सिट ल्याएर पहिलो दल बनेपनी केन्द्रमा नयाँ सत्ता समिकरण बनाउने बेला यस प्रदेशको नेतृत्व जसपाले पाउने आश्वासन पाएको एक पक्षको भनाइ छ भने अर्को पक्षले जनमतलाइ दिने आश्वासन दिइएको बताइरहेका छन् । केही नेताले भने पालै पालो यी दुबै दलले नेतृत्व पाउने सत्तागठबन्धनका शिर्ष नेताहरुले आवश्वसन दिएको समेत बताईरहेका छन । तर शक्ती बाँडफाँडमा मुख्यमन्त्री एमाले, जसपा वा जनमत कस्को भागमा पर्ने हो भन्ने कुरा अझै निश्चित छैन, एमालेका एक केन्द्रीय नेताले नाम न छापीदिन आग्रहका साथ भने । ती नेताले शिर्षस्थ तहमा भएको सहमती अनुसार मधेश प्रदेशमा जनमत पार्टी भन्दा जसपाको सीट बढी भएकाले मुख्यमन्त्री पद जसपाकै भागमा पर्ने बलियो सम्भावना रहेको समेत बताए । 
    मधेश प्रदेशमा एमालेको २३ सीट, काँग्रेसको २२, जसपाको १६, जनमतको १३,लोसपाको ९, माओवादीको ८ र एकिकृत समाजवादीको ७ सीट छ । त्यसैगरी राप्रपा, नागरिक उन्मुक्ती पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १÷१ र स्वतन्त्रको ६ सिट छ । 
    कुल १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा कुनै दलको स्पस्ट बहुमत न रहेकाले केन्द्रको गठबन्धन अनुसारै मधेश प्रदेश सरकार बन्ने कुरा निश्चित देखिएको छ । प्रदेशमा पुस ३० गते सभामुख पदका लागी मनोनयन पत्र दर्ता र माघ २ गते उम्मेदवारीको प्रस्ताव प्रदेश सभामा निर्णायार्थ पेश भएपछी सरकार गठनको प्रकृया अघि बढ्ने कार्यतालिका रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट