News Category 2079/09/22
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
मधेश प्रदेशसभा सदस्य महेश प्रसाद यादवले जिल्लाका सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
राजविराजस्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ वार्षिक साधारणसभा एकाई बैठकको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले सहकारी संस्थाहरुले समुदायलाई पु¥याइरहेको योगदानको चर्चा गर्दै आगामी दिनहरुमा यसको विकास एंव सम्वद्र्धनका लागि आफू कटिबद्ध रहेको बताए । लामो समयदेखी मुलुकमा वित्तिय संस्थाहरुले सर्वसाधारणलाई ऋण नदिइरहेको बेला सहकारी संस्थाहरुले उनीहरुको आवश्यक बुझेर ऋण प्रवाह गर्नु सहनिय रहेको उल्लेख गर्दै ती संस्थाहरुले सामाजमा पु¥याएको योगदानको कदर गर्नु पर्ने बताए ।
सोही उद्घाटन सत्रमा राष्ट्रिय सहकारी बैंकका संचालक एवं मधेश प्रदेश संयोजक विश्वनाथ मण्डलले मधेश प्रदेश सरकारले बितेको पाँच वर्ष सम्ममा पनि सहकारी ऐन पारित गर्न नसक्नु सम्पूर्ण सहकारी संस्थाहरुको अहितमा रहेको बताउँदै यसप्रति पहल गरिदिन प्रदेशसभा सदस्य यादवलाई ध्यानाकर्षण समेत गराए । सहकारी ऐन पारित नहुँदा संस्थाहरुको अन्य गतिविधि समेत प्रभावित भइरहेको उनको भनाई थियो ।
यस्तै राष्ट्रिय सहकारी बैंक राजविराजका प्रबन्धक चन्द्रमणि भट्राईले राष्ट्रिय सहकारी बैंकले अन्य वित्तिय संस्थाहरु झै कारोबारका लागि एटिएम, एसएमएस, फण्ड ट्रान्सफर लगायतका सुविधा उपलब्ध गराएको हुँदा सो सुविधाहरु आउँदो दिनमा सहकारीहरुलाई सूचारु गर्न सुझाव समेत दिए ।
सभामा जिल्ला सहकारी संस्था सप्तरीका प्रबन्धक रमेश गुप्ताले जिल्लामा निर्माणाधिन रहेको कोल्ड स्टोरको कामलाई सूचारुका लागि सम्पूर्ण सहकारी संस्थाहरुको एउटै धारणा र पहल आवश्यक रहेको भन्दै यसप्रति प्रदेश सरकारको पनि ध्यान पुग्नु आवश्यक रहेको बताए ।
संस्थाका अध्यक्ष सचिन्द्र दासको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा पत्रकार नवीनकुमार गुप्ताले शुभकामना मन्तव्य, स्वागत मन्तव्य संस्थाका संचालक सदस्य देवनारायण चौधरी तथा कार्यक्रम संचालन संस्थाका ब्यवस्थापक राजकुमार देवले गरेका थिए ।
सभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दासले आ.ब. २०७९ असार मासन्तसम्म संस्थाले ६५ लाख ६४ हजार ८ सय १६ रुँपैयाको शुद्ध बचत गरेको उल्लेख गरिएको छ । त्यस्तै आ.ब. २०७८÷७९ मा ८७ करोड ६१ लाख ३७ हजार ६ सय ६२ निक्षेप संकलन, ८६ करोड ४५ लाख ९६ हजार २ सय ४० निक्षेप फिर्ता, २७ करोड ९६ लाख ५९ हजार ३ सय ३२ ऋण लगानी तथा २३ करोड ९४ लाख ७३ हजार ७ सय ५९ ऋण असुली गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ