News Category 2079/09/22
पुसी पूर्णिमाको अवसरमा आधा दर्जन बढी पालिकाले दिए सार्वजनिक विदा
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
पुसी पुर्णिमाको अवसरमा सप्तरीका आधा दर्जन भन्दा बढी पालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
यस अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, महादेवा गाउँपालिका, तिरुहुत गाउँपालिका, बलान बिहुलु गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका लगायत आधा दर्जन बढी पालिकाले शुक्रवार सार्वजनिक विदा समेत दिएको हो ।
पुर्णिमाको अवसरमा सप्तकोशी लगायत विभिन्न नदी जलाशयहरुमा शुक्रवार हजारौ श्रद्धालुहरुले स्नान गरेका छन् । सुनसरी र सप्तरीको सिमामा पर्ने सप्तकोशी नदीमा श्रद्धालु भक्तजनको सर्वाधिक भीड देखियो । यहाँ एक दिने पूर्णिमा मेला समेत लागेको छ ।
पूर्णिमाका दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेकाले अत्याधिक चिसोका वावजुद सप्तकोशी नदीमा (डुबुल्की) स्नान गर्न ५० हजार भन्दा बढी श्रद्धालु भक्तजन पुगेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझीले बताए ।
सप्तकोशी नदीमा पूर्णिमा स्नानका लागि सुनसरी र सप्तरीका मात्र होइन । छिमेकी राष्ट्र भारतको भिमनगर, विरपुर, सिम्राही, कर्जाईन, फारबिसगन्ज, सहर्षासम्मका वृद्धवृद्धा, बालबालिका तथा महिला पुरुषको भिड लागेको स्थानीयवासी गंगा साहले बताए । यहाँ लाग्ने एक दिने मेलालाई कृषि मेलाको रुपमा समेत चिनिदै आएको छ । मेलामा कृषि औजारहरुका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्तनिर्मित सामाग्रीहरुको खरीद बिक्रीका लागि समेत महत्वपूर्ण मानिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ