News Category 2079/09/22
पुसी पूर्णिमाको अवसरमा आधा दर्जन बढी पालिकाले दिए सार्वजनिक विदा
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
पुसी पुर्णिमाको अवसरमा सप्तरीका आधा दर्जन भन्दा बढी पालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
यस अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, महादेवा गाउँपालिका, तिरुहुत गाउँपालिका, बलान बिहुलु गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका लगायत आधा दर्जन बढी पालिकाले शुक्रवार सार्वजनिक विदा समेत दिएको हो ।
पुर्णिमाको अवसरमा सप्तकोशी लगायत विभिन्न नदी जलाशयहरुमा शुक्रवार हजारौ श्रद्धालुहरुले स्नान गरेका छन् । सुनसरी र सप्तरीको सिमामा पर्ने सप्तकोशी नदीमा श्रद्धालु भक्तजनको सर्वाधिक भीड देखियो । यहाँ एक दिने पूर्णिमा मेला समेत लागेको छ ।
पूर्णिमाका दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेकाले अत्याधिक चिसोका वावजुद सप्तकोशी नदीमा (डुबुल्की) स्नान गर्न ५० हजार भन्दा बढी श्रद्धालु भक्तजन पुगेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझीले बताए ।
सप्तकोशी नदीमा पूर्णिमा स्नानका लागि सुनसरी र सप्तरीका मात्र होइन । छिमेकी राष्ट्र भारतको भिमनगर, विरपुर, सिम्राही, कर्जाईन, फारबिसगन्ज, सहर्षासम्मका वृद्धवृद्धा, बालबालिका तथा महिला पुरुषको भिड लागेको स्थानीयवासी गंगा साहले बताए । यहाँ लाग्ने एक दिने मेलालाई कृषि मेलाको रुपमा समेत चिनिदै आएको छ । मेलामा कृषि औजारहरुका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्तनिर्मित सामाग्रीहरुको खरीद बिक्रीका लागि समेत महत्वपूर्ण मानिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ