News Category 2079/09/22
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता नगरेको आरोप मिटरब्याजी साह पक्राउ
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक व्यक्ति चर्को मिटरव्याज असुली गर्ने गरेको आरोपमा पक्राउ परेका छन् ।
सर्वसाधारणको जग्गा र सुन चाँदी राखेर चर्को मिटर व्याजमा ऋण दिने र कतिपयको सावाँ व्याज लिइसकेपनि धितो फिर्ता नगरेको आरोपमा डाक्नेश्वरी नगरपालिका १ कविलासाका ५५ वर्षिय चन्द्रकान्त साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका साहलाई सप्तरी जिल्ला अदालतबाट शुक्रवार ठगी तथा अपराधीक विश्वासघात मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
पछिल्लो पटक सोही नगरपालिका १ निवारी स्व. मो. युसुफका छोरा मो. अफताब आलमको जाहेरीको आधारमा व्यवसायी साहलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
सोही मुद्दाका अर्का आरोपी जगरनाथ साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मिटर व्याज पीडित आफताब आलमका अनुसार अत्यावश्यक काम परेर उनका बुवा युसुफले आफ्नो ५ कठ्ठा १४ धुर जग्गा धितो राखेर २०७३ साल फागुन १ गते चन्द्रकान्त सँग १० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण दिदा साहले दोब्बर रकमको कागज मात्र गराएनन् ५ कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालय राजविराजमा लिखत पास नै गराए बताए ।
जिल्लाकै अर्को मिटरब्याजी खडक नगरपालिकाका साहुकार रामदेव साहको मिटर ब्याजमा फसेर घरवार विहिन भएकाहरु अहिले पनि दिनहूँ जसो सडक प्रदर्शन गर्दै आएका छन् । सप्तरीमा मिटर ब्याजमा फसेकाहरुको सूची लामो बन्दै गएको छ । जसमध्ये २ जना पुर्पक्षका लागि राजविराज कारागारमा छन भने उक जना अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि मिटर ब्याजीहरुकै कारण सप्तरीको छिन्नमस्ता गाउँपालिकाका २५ वर्षिय संजीव मिश्रले आत्महत्या नै गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ