News Category 2079/09/22
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
केही दिनदेखी शितलहर चलेपछि जनजीवन कष्टकर बन्दा शुक्रबार सप्तरीमा एक जनाले ज्यान गुमाउनु परेको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षिय राजु भनिने राजकुमार सदाको चिसोले कठयांग्रीएर ज्यान गएको वडा अध्यक्ष मुनिलाल मुखियाले जानकारी दिएका छन् । राति खाना खाएर सुतेका उनी बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए ।
अति विपन्न परिवारका उनी खुल्ला ठाउँमा रहेका एलानी जग्गामा फुसको झुप्रोमा ६ सन्तान सहित बसोवास गर्दै आएका थिए । दुई वर्ष अघि उनको श्रीमतीको रोग लागेर मृत्यु भएको थियो । दुई वर्षको अन्तरालमा बुवा पनि गुमाउँदा पुग्ला सदाको तीन नावालक छोरा र तीन छोरीको बिचल्ली भएको छ ।
यता बिहानैदेखी बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ । शितलहर बढेपछि सार्वजनिक स्थलमा दाउरा बालेर आगो ताप्नेक्रम पनि बढेको छ ।
दिउँसो भन्दा विहान र बेलुका धैरै चिसो महशुस हुने गरेको छ । विहानैदेखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट मानिस कमै निस्किदा सडकमा चलहपहल निकै घटेको छ । अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दम, झाडापाखा, रुघाखोकीका विरामीको चाप समेत बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
चिसोबाट विशेष गरी अतिविपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी प्रभावित भईरहेका छन । शरीर ढाक्ने पर्याप्त न्यानो लुगा नरहेको तथा अर्काेतिर अत्याधिक चिसोले काममा जान नपाउँदा हात मुख जोर्न उनीहरुलाई समस्या भएको छ ।
चिसो कै कारण क्षति नहोस भन्ने उद्देश्यले क्षती न्युनिकरण गर्न आवश्यक उपायका लागी जिल्लाका सबै स्थानीयतह सँगको समन्वय गरि स्थानीय प्रशासनले दाउरा बाल्ने जोहो गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ