News Category 2079/09/23
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
राजविराज÷आईडियल सहकारी संस्था लिमिटेडले शनिबार २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
आयोजित सभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष गाणेश आशले संस्थाले कारोबारलाई बिस्तारै पेपर लेस अर्थात कागजको सट्टा डिजिटल प्रविधिको अधिकत्तम प्रयोग गरिरहेको जानकारी दिएका छन् ।
उनले गत वर्षदेखी संस्थाले प्रदान गर्दै आएको आइडियल स्मार्ट एप, मिस्कल बैकिङ सेवा, इन्टरनेट बैकिङ, जुनसुकै बैंक खातामा फन्ड ट्रान्सफर, ई–सेवा वालेटमा लोड, एटिएम कार्डबाट भारतमा रकम झिक्ने व्यवस्थालाई निरन्तरता दिने बताए ।
उनले आफ्नो प्रतिवेदनमा संस्था राष्ट्रिय स्तरमा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक तथा नेफ्स्कून संस्थासँग आवद्ध तथा संस्थाको स्तरियकरण एंव ब्रान्डिङका लागि राष्ट्रिय सहकारी बैंक तथा नेफ्स्कूनको प्रोवेशन कार्यक्रमसँग आवद्ध रहेको उल्लेख गरे ।
सोही प्रतिवेदनमा सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा २ लाखको लागतमा शुद्ध पिउने पानी प्लान्ट र एक हजार लिटर क्षमताको वाटर ट्यांकका साथै स्थानिय शिवमन्दिरमा ६६ हजार पर्ने घण्टा तथा सप्तरी क्रिक्रेट संघलाई प्रिमियर लिगमा समेत सहयोग गरेको उल्लेख छ ।
संस्थाको शेयर पुँजी १० करोड ३३ लाख ७५ हजार १ सय ६ रहेको छ भने कुल बचत संकलन ९५ करोड ३५ लाख १७ हजार ४२ रुँपैया ७४ पैसा रहेको अध्यक्ष आशले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ऋण लगानी ९३ करोड ७ लाख ६३ हजार ४० रुँपैया २२ पैसा रहेको छ भने कारोबारबाट निक्षेप रकमको लगभग ४ प्रतिशत नाफा आर्जन गर्न संस्था सफल भएको जनाइएको छ ।
अध्यक्ष आशको अध्यक्षतमा सम्पन्न साधारण सभामा उपाध्यक्ष बिजयानन्द झाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव शैलेश चौधरीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सभामा संस्थाका संचालक समिति सदस्यहरु हरेराम जोशी, कौशल्या कुमारी रजक, लेखा समितिका दिनेश कुमार साह, डम्बर महतो, सुदामा प्रसाद सिंहलगायत संचारकर्मी तथा शेयर सदस्हरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ