News Category 2071/07/30
बहुमतिय प्रणालीबाट जारी हुने संविधान अमान्य ः सभासद् यादव
दैनिक संवाददाता
राजविराज, २९ कात्तिक ।
नेपाली जनतासँग गरेका वाचा नतोडौ, माघ ८ गते संविधान निमार्ण गरौ भन्ने नाराका साथ शनिबार सभासद, पत्रकार, राजनीतिक दलसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै सप्तरी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवले काग्रेस एमालेले बहुमतिय प्रणालीबाट जारी गर्न खोजेका संविधान नमान्ने धारणा ब्यक्त गर्नुभएको छ ।
उहाँले बहुमतियबाट नभएर सहमतिबाट संविधान जारी गर्नुपर्ने तर्क दिदै सम्पुर्ण मधेशी, दलित, जनजाती, आदिवासी, मुस्लिम, महिला, पिछडिएका वर्ग लगायतको अधिकार सुनिश्चित गरी संविधान जारी गर्नुपर्ने बताउँनुभयो ।
सोही कार्यक्रममा सभासद यादवले एमाले, काग्रेस पार्टीले बल पुर्वक संविधान जारी गर्न खोजेको आरोप लगाउँदै त्यसो भए पुनः मुलुकमा आन्दोलन हुन सक्ने चेतावनी समेत दिनुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा एमाले अध्यक्ष गोविन्द न्यौपाने, एमाओवादीका केदार देव, पत्रकारहरु देवराम यादव, श्याम सुन्दर यादव लगायतले सम्पुर्ण जनताको अधिकार सुनिश्चित गरी संविधानमा द्यस्पित्रकारहरुको पनि अधिकार समावेश गरी संविधान जारी गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/12 सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
- 2082/05/12 करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ