News Category 2071/07/30
बहुमतिय प्रणालीबाट जारी हुने संविधान अमान्य ः सभासद् यादव
दैनिक संवाददाता
राजविराज, २९ कात्तिक ।
नेपाली जनतासँग गरेका वाचा नतोडौ, माघ ८ गते संविधान निमार्ण गरौ भन्ने नाराका साथ शनिबार सभासद, पत्रकार, राजनीतिक दलसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै सप्तरी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवले काग्रेस एमालेले बहुमतिय प्रणालीबाट जारी गर्न खोजेका संविधान नमान्ने धारणा ब्यक्त गर्नुभएको छ ।
उहाँले बहुमतियबाट नभएर सहमतिबाट संविधान जारी गर्नुपर्ने तर्क दिदै सम्पुर्ण मधेशी, दलित, जनजाती, आदिवासी, मुस्लिम, महिला, पिछडिएका वर्ग लगायतको अधिकार सुनिश्चित गरी संविधान जारी गर्नुपर्ने बताउँनुभयो ।
सोही कार्यक्रममा सभासद यादवले एमाले, काग्रेस पार्टीले बल पुर्वक संविधान जारी गर्न खोजेको आरोप लगाउँदै त्यसो भए पुनः मुलुकमा आन्दोलन हुन सक्ने चेतावनी समेत दिनुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा एमाले अध्यक्ष गोविन्द न्यौपाने, एमाओवादीका केदार देव, पत्रकारहरु देवराम यादव, श्याम सुन्दर यादव लगायतले सम्पुर्ण जनताको अधिकार सुनिश्चित गरी संविधानमा द्यस्पित्रकारहरुको पनि अधिकार समावेश गरी संविधान जारी गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ