News Category 2079/09/25
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
कृषि उपकरण चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका १ का २८ वर्षिय संतोष भन्ने श्रीराम यादव, ३० वर्षिय मनोज साह र २५ वर्षिय दिपेन यादव छन ।
कृषकहरुले उत्पादनका लागी खेत र आसपास जडान गरेका ती कृषि उपकरणहरु रातीको समयमा चोरी गर्ने गरेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट चोरी गरिएक कृषि उपकरण, बोरिङ्ग टि सकेट ३ थान, ट्युवेल २ थान, पानी तान्ने पाईप १ थान, तारसहितको कृषिमिटर १ थान र चोरी प्रयोजनका लागी प्रयोग गरिएका १ थान साईकल बरामद गरिएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
उनीहरुले केही दिन यता रातीको समयमा सोही वडाका कृषक राजकुमार साह, रामकुमार यादव, परशुराम यादव, राजकुमार शर्मा, दुखीलाल यादव र महेशप्रसाद साह लगायतको खेतबाट उक्त कृषि उपकरण चोरी गरेको पाइएको डिएसपी सिंहले बताए ।
पक्राउ परेकाहरुलाई सोमवार सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर चोरी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ