News Category 2079/09/28
लगातारको शितलहरले जनजीवन कष्टकर

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
केही दिन यता शितलहर चलेसँगै बढेको अत्याधिक चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ ।
मंगलवार यहाँ यो वर्ष कै सर्वाधिक चिसो महसुस गरिएको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको चिसो हावाले स्थानीयको दैनिक जीवनयापन कष्टकर बनेको हो । मंगलवार यहाँको तापक्रम ८ देखी ९ डिग्रीमा झरेको मौसमविज्ञहरु बताउँछन । विहानै देखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट मानिस कमै निस्किदा सडकमा चलह पहल निकै घटेको छ भने अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दम, झाडापाखा,रुघाखोकीका विरामीको चाप बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
शितलहर बढेपछि बजारमा दाउरा बालेर आगो ताप्ने दुश्य जताततै देखिएको छ । चिसोबाट विषेश गरी अतिविपन्न, मुसहर र दैनीक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी प्रभावित भईरहेका छन । मजदुरहरु काममा जान पाएका छैनन भने घरमै वस्नु पर्दा हातमुख जोर्ने समस्या भइरहेको तिलाठी कोइलाडी गाउँपालिका ४ का बैजु सदाले सुनाए ।
यस्तै गुनासो पोखे छिन्नमस्ता गाउँपालिका ३ का सत्यनारायण मुखियाले । “एकातीर शरीर ढाक्ने प्रयाप्त न्यानो लुगा छैन भने अर्काेतीर अत्याधिक चिसोले काममा जान नपाउँदा हात मुख जोर्न समस्या भएको छ, उनले भने । उनले गाउँघरबाटै संकलित गरेको दउराको भरमा जाडो झेलिरहेको सुनाए ।
अतिविपन्न मुसहर तथा डोम समुदायले जाडो छल्न अधिकांश समय आगो तापेर वसिरहेका छन् । बाक्लो हुस्सुले भिजीविलीटी कम भएपछी पुर्वपश्चिम राजमार्ग सहित बजार र ग्रामिण क्षेत्रको भित्री सडकमा चल्ने सवारी साधन विहान र दिउसै पनि बत्ति बालेर गुडिरहेका छन् । ट्राफिक प्रहरीले पनि यस्तो मौसममा सावधानी अपनाएर सवारी साधन गुडाउन अनुरोध गरिरहेको छ ।
यता जाडोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खाने कुरा खान र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ