News Category 2079/09/28
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
सप्तरीको सिमावर्तीहरु नाकाहरुबाट चामलको समेत तस्करी हुन थालेको पाइएको छ । प्रहरीले भारतीय बजारबाट खरिद गरी अबैध रुपमा भित्र्याइएको २ सय बोरा चामल नियन्त्रणमा लिएपछि चामलको पनि तस्करी हुन थालेको पाइएको हो ।
मंगलवार राती १० बजे तीर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ हनुमाननगर बजारमा भारतीय बजारबाट भन्सार छली मे १ ख ३३९७ नम्बरको ट्रकमा लोड गरी ल्याउदै गरेको अवस्थामा २ सय बोरा चामल सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चामल तस्करी भईरहेको गोप्य सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको डिएसपी नरेश कुमार सिह नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालय हनुमाननगरको संयुक्त टोलीले ट्रक सहित चामल नियन्त्रणमा लिएको हो ।
डिएसपी सिंहले अबैधरुपमा चामल भित्र्याउने ट्रक चालक सुनसरीगढी गाउँपालिका २ वस्ने ३२ वर्षिय देव कुमार चौधरीलाई पनि पक्राउ गरेको जानकारी दिए । ट्रक सहित बरामद चामलको कुल १४ लाख मुल्याङ्कन गरिएको तथा आवश्यक कारवाहीका लागी तिलाठी स्थित राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विगतमा भारतीय सीमानाका हुदै थोरै परिमाणमा पान मसाला र किरानाका सरसमान अवैध रुपमा भित्र्याउने गरिएकोमा केही दिन यता चामलको समेत तस्करी हुन थालेको खबर आएपछि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ