News Category 2079/09/28
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत

दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
प्र्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रलाई मर्यादित निश्पक्ष र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको बताएका छन् ।
बुधवार प्रेस काउन्सिल नेपालद्वारा पत्रकार महासंघ सप्तरी शाखाको समन्वयमा राजविराजमा आयोजना गरिएको पत्रकार आचार सहिंता, मिडीया विकास कोष र पत्रपत्रिका वर्गिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“पत्रकारीता क्षेत्रका केही जटिल समस्या संसदबाट नै समाधान हुन सक्ने भएकाले त्यस तर्फ पनि पहल थालेका छौं, अध्यक्ष बस्नेतले भने–प्रेस काउान्सिल सबैसँगको समन्वयको आधारमा पत्रकारीता क्षेत्रको समस्या समाधान गर्न र स्वच्छ पत्रकारीताको मर्यादालाई कायम राख्न प्रयत्नशिल छ ।”
उनले पत्रकार र संचारमाध्यमले स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारीताका लागी न्याय निरुपणमा प्रभाव पर्ने, सार्वभौमसत्ता, राष्ट्रिय एकता र समाजिक सदभावमा खलल पुग्ने लगायतका कार्य नगर्र्न सहभागीहरु समक्ष १४ बुंदे सुझाव पत्र समेत प्रस्तुत गरे ।
कार्यक्रममा स्थानीय पत्रकारहरुले यहाँबाट डेढ दर्जन जति दैनिक, चार दर्जन जति साप्ताहिक पत्रपत्रिका र चार वटा अनलाइन मिडियाहरू संचालनमा रहेको जानकारी गराउँदै राज्यको उपेक्षाका कारण संकटमा परेको बताएपछि उनले साना लगानीका संचार माध्यमलाई जिवित राख्न वर्गीकरणको नतिजा स्वच्छ र निश्पक्ष गर्नेमा समेत काउन्सिल प्रतिवद्ध रहेको जनाए ।
कार्यक्रमका अधिकाँश सहभागीले जिल्लावाट संप्रेषित पत्रपत्रिका ’ संचार माध्यमको विज्ञापनको कुनै ठोस श्रोत र आधार नरहेको कारण लोककल्याणकारी विज्ञापन वापत राज्यले उपलब्ध गराउदै आएको केही रकमले मात्रै धान्नु परेको भनी चिन्ता ब्यक्त गरेका थिए ।
जवाफमा अध्यक्ष बस्नेतले सम्पुर्ण मिडियालाई नियमनसँगै लोकल्याणकारी विज्ञापन सुविधाको लागि वर्गीकरण गर्न काउन्सिलले आवश्यक तयारी गरिसकेको जानकारी दिए । प्रेस काउन्सिल नेपालका सदस्य राम प्रसाद दाहालले पत्रकारीता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन विभिन्न नीती निर्माण कार्य तीब्र गतीमा अघि बढेको बताए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाइले जेष्ठ र बरिष्ठ पत्रकारहरुलाई भावी दिनमा पेन्शनको व्यवस्था लागु गर्न काउन्सिल र सरकार संग समन्वय गरी अघि बढेको बताए ।
प्रेस काउन्सिलका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र भुसालले पछिल्ला दिनहरूमा पत्रकार बढे पनि लेख्ने पत्रकारको उत्पादन कमै भएको अवस्था देखिएको बताए । समाचार लेख्नु भन्दा कपीपेष्ट गर्ने चलन बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गरेका उनले यस प्रति काउन्सिल कडा रुपले नियमन र अनुगम गरेर अघि बढ्ने बताए ।
पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार आचार सहिंताको बारेमा पनि ब्यापक छलफल भएको थियो । कार्यक्रममा मधेश प्रदेश आम संचार प्राधिकारणका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस काउन्सिल नेपालका पुर्व सदस्य एवं बरिष्ठ पत्रकार अनिल कुमार अनल, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रत्रकार महासंघ सप्तरीका पुर्व सभापती मुरली प्रसाद यादव, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, रुपनी गाउपालिकाका अध्यक्ष दिनेश कुमार यादव लगायतले पनि पत्रकारीता क्षेत्रमा देखिएको समस्या र तीनको समाधानबारे आ आफनो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ