News Category 2079/09/28
अत्याधिक चिसोका कारण निधन भएका सदा परिवारलाई क्रिया खर्च प्रदान

दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
अत्याधिक चिसो तथा शीतलहरका कारण तीन दिनअघि निधन भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ मुसहर टोलका देवु सदाको परिवारलाई क्रिया खर्च वापत सहयोग रकम प्रदान गरिएको छ ।
मृतक सदाका छोरालाई जनता समाजवादी पार्टीका युवा नेता निरज कुमार झाले ११ हजार र राजविराज टुडे दैनिक पत्रिकाका प्रकाशक शम्भु झाले १० हजार रुपैयाँ सहयोग रकम बिहीबार प्रदान गरेका हुन् ।
सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सञ्चारकर्मी जितेन्द्र जितु लगायतको सहभागिता रहेको थियो ।
यस अघि गाउँपालिकाको कार्यालयबाट गत आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाइ किलो खाने तेल, दुई थान ब्ल्यांकेट र एक थान त्रिपाल तथा क्रिया खर्च वापत २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ