News Category 2079/09/28
अत्याधिक चिसोका कारण निधन भएका सदा परिवारलाई क्रिया खर्च प्रदान
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
अत्याधिक चिसो तथा शीतलहरका कारण तीन दिनअघि निधन भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ मुसहर टोलका देवु सदाको परिवारलाई क्रिया खर्च वापत सहयोग रकम प्रदान गरिएको छ ।
मृतक सदाका छोरालाई जनता समाजवादी पार्टीका युवा नेता निरज कुमार झाले ११ हजार र राजविराज टुडे दैनिक पत्रिकाका प्रकाशक शम्भु झाले १० हजार रुपैयाँ सहयोग रकम बिहीबार प्रदान गरेका हुन् ।
सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सञ्चारकर्मी जितेन्द्र जितु लगायतको सहभागिता रहेको थियो ।
यस अघि गाउँपालिकाको कार्यालयबाट गत आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाइ किलो खाने तेल, दुई थान ब्ल्यांकेट र एक थान त्रिपाल तथा क्रिया खर्च वापत २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ