News Category 2079/09/29
बालिका तथा समावेश शिक्षा कार्यदल गठन

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहको संयोजकत्वमा शुक्रबार बालिका तथा समावेशी शिक्षा संजाल गठन गरिएको छ ।
आसमान नेपालको सहयोगमा आरम्भ परियोजना अन्तर्गत गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल संरक्षक रहने गरी सो समिति गठन गरिएको हो ।
सो समितिमा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, बाल क्लब सञ्जालको अध्यक्ष तथा उपाध्यक्ष, सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाल प्रहरीको प्रतिनिधि सहितको प्रतिनिधित्व रहने गरी सो समिति गठन गरिएको हो ।
यसै गरी सञ्जालको दैनिक कार्य सम्पादनको लागि उपाध्यक्ष फुल कुमारी साहको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झा, शिक्षा शाखा प्रमुख चन्द्र भुषण राय, प्रधानाध्यापक प्रदिप कुमार मण्डल, शिक्षा शाखा सहायक ज्ञानेन्द्र कुमार यादव र लैंगिक सम्पर्क शिक्षक नुतन कुमारी दास सदस्य रहने गरी सात सदस्यीय कार्यदल समेत गठन गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष फुलकुमारी साहले मन्तब्य दिएका थिए भने कार्यक्रममा गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बालिका तथा समावेशी शिक्षा सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ