News Category 2079/09/29
बालिका तथा समावेश शिक्षा कार्यदल गठन
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहको संयोजकत्वमा शुक्रबार बालिका तथा समावेशी शिक्षा संजाल गठन गरिएको छ ।
आसमान नेपालको सहयोगमा आरम्भ परियोजना अन्तर्गत गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल संरक्षक रहने गरी सो समिति गठन गरिएको हो ।
सो समितिमा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, बाल क्लब सञ्जालको अध्यक्ष तथा उपाध्यक्ष, सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाल प्रहरीको प्रतिनिधि सहितको प्रतिनिधित्व रहने गरी सो समिति गठन गरिएको हो ।
यसै गरी सञ्जालको दैनिक कार्य सम्पादनको लागि उपाध्यक्ष फुल कुमारी साहको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झा, शिक्षा शाखा प्रमुख चन्द्र भुषण राय, प्रधानाध्यापक प्रदिप कुमार मण्डल, शिक्षा शाखा सहायक ज्ञानेन्द्र कुमार यादव र लैंगिक सम्पर्क शिक्षक नुतन कुमारी दास सदस्य रहने गरी सात सदस्यीय कार्यदल समेत गठन गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष फुलकुमारी साहले मन्तब्य दिएका थिए भने कार्यक्रममा गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बालिका तथा समावेशी शिक्षा सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ