News Category 2079/09/30
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड

राजविराज÷राष्ट्र निर्माणमा सहकारीहरुको भूमिका सहनिय रहेको भन्दै हालको आर्थिक मन्दीमा सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्ने शनिबार राजविराजमा आयोजित एक सहकारी संस्थाको साधारणसभाका वक्ताहरुले जोड दिएका छन् ।
प्रभु बचत तथा ऋण सहकारी संस्था लि. राजबिराज ४ को ११ औ बार्षिक साधारण सभाका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
सभाका प्रमुख अतिथि सहकारीकर्मी एवं अभियान्ता ध्रुव नारायण यादवले आर्थिक सम्पन्नता तथा समाजिक क्षेत्रमा सहकारीको भूमिका अविस्मरणीय रहेको बताए । उनले समुदायस्तरमा जनताको आर्थिक स्तर बढाउन सहकारीको अहम भूमिका रहेको भन्दै समुदाय केन्द्रित रहेर सहकारीहरुले अझ सेवा गर्नुपर्नेमा जोड दिए । उनले हाल सरकारी तथा निजि वित्तिय संस्थाहरुले ऋण नदिइरहेको बेला सहकारी संस्थाहरुले नै जनताको आर्थिक अभाव पुरा गरिरहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवं संस्थाका वरिष्ठ सल्लाहकार ईर्साद अन्सारीले हालको आर्थिक मन्दीको समयमा सहकारीले पु¥याएको योगदान बारे चर्चा गर्दै सहकारी सस्तो लोकप्रियताबाट नभई बलियो सामाजिक आधार भएको समुदाय केन्द्रित व्यवसाय रहेको बताए । उनले सहकारीको संरक्षण र सम्बद्र्धनका लागि सबै एकजुट भई सहकारी क्षेत्रको बिकास सँगै राष्ट्र निर्माणमा अगाडी बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सबिर आजमले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रका चुनौतीलाई सामना गर्दै करौडो कारोबार गरेको भन्दै प्रशंसा गरे ।
आयोजित साधारण सभामा संस्थाका अध्यक्ष सरफराज अन्सारीले आ.ब. २०७८÷७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरे । तीन हजार शेयर सदस्य रहेको संस्थाको पुजी तथा दायित्व १६ करोड ३० लाख ५ हजार ६२ रूपैया ४७ पैसा, बचत तथा निक्षेप १३ करोड ९५ लाख ५७ हजार १ सय ९० रूपैया २५ पैसा, १२ करोड ७८ लाख ५४ हजार ७ सय २२ रूपैया ऋण लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । उक्त अवसरमा पत्रकार नवीन गुप्ता, चन्दन यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सोही अवसरमा आगामी चार वर्षका लागि संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । नव निर्वाचित कार्यसमिति, लेखा समिति तथा ऋण समितिका पदाधिकारीहरुलाई शनिबारै सपथ गराइएको छ । संस्थाको अध्यक्षमा पुनः सरफराज अन्सारी चयन भएका छन् । त्यस्तै सदस्हरुमा नोमान अन्सारी, पिंकी कुमारी साह, समिर श्रेष्ठ, मुन्ना साफी, सोनी रजक र समसाद आलम चयन भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ