News Category 2079/09/30
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता

राजविराज÷मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तीन महिना भित्र मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने उद्घोष गरेका छन् ।
मुख्यमन्त्री भएपछि शनिवार पहिलो पटक प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिर दर्शन र पुजापाठका लागि आएका उनले संचारकर्मीहरुसित छोटो कुराकानी गर्दै त्यस्तो उद्घोष गरेका हुन् ।
भ्रष्टाचार नियन्त्रण भए विकासका आधारहरु तिब्र गतिमा अघि बढ्ने जिकिर गर्दै उनले भ्रष्टाचार कुनै एउटा प्रदेशको मात्र नभई समग्र मुलुककै समस्या भएको बताए ।
उनले भने, “मेरो पहिलो प्राथमिक्ता भ्रष्टाचार नियन्त्रण र प्रदेशको विकास हो, यस विषयमा कसैसँग कुनै गलत सहमति र सम्झौता हुन सक्दैन, भविष्यमा मेरो काम र व्यवहारले यसको पुष्टि गर्नेछ ।’ उनले भ्रष्टाचारलाई क्यान्सर रोगको संज्ञा दिदै अबको सुरुवाती तीन महिना यसै रोगको उपचारमा लाग्ने प्रतिबद्धता जनाए ।
उनले मधेश प्रदेशलाई समृद्ध र नमुना प्रदेश बनाउन आफुसँग प्रष्ट भिजन र कार्ययोजना भएको दावी गर्दै यस कार्यमा सबैको साकारात्मक सहयोगको अपेक्षा राखेको बताए । “हामी माथि प्रदेशवासीको धेरै आशा, भरोसा र विश्वास छ, उनले थपे –“प्राथमिक्ताका आधारमा प्रदेशवासीका सबै आकांक्षाहरु क्रमीक रुपमा पुरा गर्न दृढ संकल्प छौ ।”
मुलुककै प्रसिद्ध शक्तिपीठ मध्येका एक छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्न प्रदेश सरकारबाट हरसम्भव सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता समेत जनाए ।
उनीसँगै रहेकी प्रदेश सभा सदस्य किरण कुमारी साहले परिवर्तनको सुरुवात भ्रष्टाचार उन्मुलनबाट मात्र सम्भव रहेको बताइन । उनले भनिन्–भ्रष्टाचार नियन्त्रण नभएसम्म परिवर्तनको अनुभूति गर्न र गराउन सकिन्न, त्यसैले मुख्यमन्त्रीको प्रतिबद्धता र प्राथमिक्ता पुरा गराउन हाम्रो पनि भुमिका, साथ र सहयोग उतिकै रहनेछ ।
सो अवसरमा मधेश प्रदेशका उपसभामुख उपमा देव, जनता समाजवादी पार्टीका राजनीतिक समितिका सदस्य अमरनाथ मण्डल, जसपाका जिल्ला अध्यक्ष केदार यादव लगायतको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ