News Category 2079/09/30
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता
राजविराज÷मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तीन महिना भित्र मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने उद्घोष गरेका छन् ।
मुख्यमन्त्री भएपछि शनिवार पहिलो पटक प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिर दर्शन र पुजापाठका लागि आएका उनले संचारकर्मीहरुसित छोटो कुराकानी गर्दै त्यस्तो उद्घोष गरेका हुन् ।
भ्रष्टाचार नियन्त्रण भए विकासका आधारहरु तिब्र गतिमा अघि बढ्ने जिकिर गर्दै उनले भ्रष्टाचार कुनै एउटा प्रदेशको मात्र नभई समग्र मुलुककै समस्या भएको बताए ।
उनले भने, “मेरो पहिलो प्राथमिक्ता भ्रष्टाचार नियन्त्रण र प्रदेशको विकास हो, यस विषयमा कसैसँग कुनै गलत सहमति र सम्झौता हुन सक्दैन, भविष्यमा मेरो काम र व्यवहारले यसको पुष्टि गर्नेछ ।’ उनले भ्रष्टाचारलाई क्यान्सर रोगको संज्ञा दिदै अबको सुरुवाती तीन महिना यसै रोगको उपचारमा लाग्ने प्रतिबद्धता जनाए ।
उनले मधेश प्रदेशलाई समृद्ध र नमुना प्रदेश बनाउन आफुसँग प्रष्ट भिजन र कार्ययोजना भएको दावी गर्दै यस कार्यमा सबैको साकारात्मक सहयोगको अपेक्षा राखेको बताए । “हामी माथि प्रदेशवासीको धेरै आशा, भरोसा र विश्वास छ, उनले थपे –“प्राथमिक्ताका आधारमा प्रदेशवासीका सबै आकांक्षाहरु क्रमीक रुपमा पुरा गर्न दृढ संकल्प छौ ।”
मुलुककै प्रसिद्ध शक्तिपीठ मध्येका एक छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्न प्रदेश सरकारबाट हरसम्भव सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता समेत जनाए ।
उनीसँगै रहेकी प्रदेश सभा सदस्य किरण कुमारी साहले परिवर्तनको सुरुवात भ्रष्टाचार उन्मुलनबाट मात्र सम्भव रहेको बताइन । उनले भनिन्–भ्रष्टाचार नियन्त्रण नभएसम्म परिवर्तनको अनुभूति गर्न र गराउन सकिन्न, त्यसैले मुख्यमन्त्रीको प्रतिबद्धता र प्राथमिक्ता पुरा गराउन हाम्रो पनि भुमिका, साथ र सहयोग उतिकै रहनेछ ।
सो अवसरमा मधेश प्रदेशका उपसभामुख उपमा देव, जनता समाजवादी पार्टीका राजनीतिक समितिका सदस्य अमरनाथ मण्डल, जसपाका जिल्ला अध्यक्ष केदार यादव लगायतको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ