News Category 2079/10/01
पेटीदार सम्पर्कविहीन भएपछि १६ मजदुर बिचल्लीमा
दैनिक समाचारदाता
राजविराज, १ माघ ।
सप्तरीको राजविराज–भारदह सडक निर्माण कार्यमा खटिएका १६ जना मजदुर काम गरेवापतको ज्याला नपाएपछि बिचल्लीमा परेका छन् । उनीहरुलाई काममा लगाउने पेटीदार सम्पर्कबिहीन भएपछि बिचल्लीमा परेका हुन् ।
साह निर्माण सेवाले ठेक्का पाएको उक्त सडक निर्माण कार्यमा मजदुरी गर्दै आएका ५ महिला र ११ पुरुष छन् । ती सबै मजदुर दाङ र सल्यानबाट सप्तरी काम गर्न आइपुगेका हुन् ।
विगत २० दिनदेखी ठेकेदार र पेटीदार सम्पर्कबिहीन भएपछि आफूहरुको बिचल्ली भएको दाङका मजदुर रोशन मगरले बताए ।
सडक डिभिजन कार्यालय लहान अन्तरगत उक्त सडकखण्ड निर्माणको ठेक्का पाएका साह निर्माण सेवाबाट समयमै ज्याला नपाउँदा भोकभोकै बस्ने अवस्था आएको ती मजदुरहरुको भनाई छ ।
गत कात्तिक ८ गतेदेखी ती मजदुरहरु उक्त सडक निर्माणमा काम गर्दै आएका छन् । होटलमा उधारो खाएको बक्यौता रकम बढी भएपछि थप उधारो खुवाउन नमानेको कारण भोकभोकै बस्नु परेपछि आइतबार जिल्ला प्रहरी कार्यालय पुगेका ती मजदुरहरुले ठेकेदार कम्पनीसँग बाकी बक्यौता रकम असुल र उनी उपर कारवाहीको माग गरेका छन् ।
समयमै पैसा नपाउँदा उक्त सडक निर्माण कार्यमा खटिएका झापाका एक दर्जन भन्दा बढी मजदुर चार दिनअघि नै काम छाडी घर फर्के पनि आफूहरुसँग घर फर्किने भाडा समेत नभएकाले थप समस्यामा परेको अर्का मजदुर भगिरथ बुढाथोकीले गुनासो पोखे ।
प्रहरीले साह निर्माण सेवाका संचालक संजिव साहलाई सोधपुछ गर्दा उनले ती मजदुरहरुलाई आफूले सोझै काममा नलगाएको भन्दै सागर लिम्बु नामका पेटीदार मार्फत काममा लगाइएको र ती मजदुरहरुले पाउने सबै रकम निज लिम्बुले नै लिएर गएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले मजदुरहरुले खाना खाए वापतको मात्रै विभिन्न होटलको ७ देखी ८ लाख रुँपैयासम्म बाँकी रहेको जानकारी प्राप्त भएको बताए । साह निर्माण सेवाका संचालक संजिवको बयानपछि सागर लिम्बुको खोजी कार्य तिब्र बनाइएको र बिचल्लीमा परेका मजदुरहरुलाई तत्काल उचित ब्यवस्थापनका लागि आवश्यक पहल भइरहेको उनले जानकारी दिए ।
यसैबीच जाडोका कारण मजदुरहरु थप बिचल्लीमा परेको थाहा पाएपछि नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसालीले आइतबार नै आफू निजि लगानीमा एक÷एक थान कम्बल प्रदान गरेका छन् । यस्तै स्थानियवासी अवधेश झाले समेत ती मजदुरहरुलाई सहयोग जुटाउन आवश्यक पहल थालेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ