News Category 2071/08/02
आयुर्वेदिक औषधिको आकर्षण बढ्यो गत वर्ष भन्दा दोब्बर ८ हजार ५ सय बिरामीले लिए सेवा
नवीनकुमार गुप्ता
राजविराज, १ मंसिर ।
मलेठ गाविस ३ का बिरेन्द्र मण्डललाई कब्जियत र पेट दुख्ने समस्या भएपछि निजि र सरकारी अस्पताल धाउदा धाउँदा समेत निको भएन् । पटकपटक अस्पताल जाँदा दिक्क भएपछि उहाँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सप्तरी राजविराज पुग्नुभएपछि त्यहाँ निःशुल्क पाइने औषधि र उपचारले उहाँ निको हुनुभयो ।
यस्तै बरही विरपुर गाविसका मुनेश्वरीदेवी यादव पनि विभिन्न पेट सम्बन्धि रोगले वर्षौदेखी पीडित थिए । उहाँ पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पुगि निशुल्क स्वास्थ्य उपचार र औषधी सेवन गरेपछि अहिले स्वास्थ्य हुनुहुन्छ ।
दीर्घकालीन रोग र साइड इफेक्टरहित आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउने रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सप्तरी राजविराजले जनाएको छ ।
बात, गठियाँ, बाबासिर, दम, खोकी, ग्यास्ट्रिक, जण्डिस, धातुरोग, गर्भवती महिलाको विभिन्न समस्या लगायत सम्पूर्ण रोगहरुको निशुल्क उपचार हुने गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादवले जानकारी दिनुभयो ।
अहिले स्वास्थ्य केन्द्रमा दिनहुँ जसो ३० देखी ३५ जना बिरामीहरुलाई सेवा दिइरहेको डा. यादवको भनाई छ । जिल्लाका विभिन्न गाविसबाट विशेष गरि निको नभएका पुरानो रोगहरुको उपचारका लागि बिरामी आउने गरेको उहाँको कथन छ ।
हाल सप्तरी २ वटा आयुर्वेद औषधालय धर्मपुर र मैनासह्सबाहु गाविसमा रहेको छ । सरकारले देशभरि ९१ वटा औषधालयको स्विकृति दिएको मध्ये सप्तरीको प्रसवनी, बथनाहा, हनुमाननगर, बरही विरपुर र कमलपुर गाविसमा स्विकृति दिएको डा. यादवले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०६९÷७० मा ४ हजार बिरामीले सेवा लिएका थिए भने आर्थिक वर्ष ०७०÷०७१ मा दोब्बर भन्दा बढी ८ हजार ५ सय हजार बिमारीले विभिन्न किसिमका सेवा लिएको स्वास्थ्य केन्द्रले जनाएको छ । आयुर्वेदमा दम, बाथ, पिनास, पत्थरी, महिलाको समस्या, पाइल्स, जन्डिस, चर्म रोगका बिमारी धेरै आउने गरेको डा. यादव बताउनुुहुन्छ ।
औषधालयले विशेष रूपमा स्तनपायी आमालाई स्तनवद्र्धक औषधि, ज्येष्ठ नागरिकलाई रसायन योग औषधि, गाउँघर क्लिनिक, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, आयुर्वेद स्वयम्सेविका परिचालन, समयसमयमा निःशुल्क शिविर समेत सञ्चालन गरेको छ ।
जिल्लाका ५५ वटा स्थानमा आयुर्वेदिक औषधी सम्बन्धि घरदौलो कार्यक्रम गरेपछि अहिले गत वर्ष भन्दा दोब्बर बिरामीहरुले सेवा लिएको डा. यादवले दाबी गर्नुभयो ।
दुई वर्षअघि सम्म सप्तरीमा गन्तीका आयुर्वेदिक औषधि पसल दुई÷चारवटा थिए भने अहिले कबिर दुई दर्जन बढी पसल खुलेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ