News Category 2079/10/05
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान

दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
बलिदानी दिवसको अवसरमा बिहीबार संघीय संसदमा प्रतिनिधिसभा सदस्य डा. सीके राउतले एक मिनेट मौनधारण गर्न आग्रह गरेपछि अधिकांश सांसदहरुले पनि मौनधारण गरेका छन् ।
जनमत पार्टीका केन्द्रिय अध्यक्ष समेत रहेका डा. राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गरेका हुन् । उनीसँगै संसदमा रहेका अधिकांश सांसदहरुले मौनधारण गरे भने कतिपयले आफ्नै सीटमा बसिरहे ।
मौनधारण पश्चात् उनले संसदमा आफ्नो धारणा राख्दै सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई मत दिने बताए । तर, उनले नेपाली कांग्रेसतिर लक्षित गर्दै मधेशी र थारुलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको कुराको अर्थ नरहेको उल्लेख गरे ।
मधेशीलाई साइड लगाएर हुने राष्ट्रिय सहमति कस्तो हुन्छ ?, उनले भने, हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु वर्गीय संकिर्णताबाट माथि उठ्ने कि नउठ्ने ?देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको उनले बताए ।
उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे ।उनले मधेसवादी दलहरुदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गरे ।
उनले अनुहार, जाति र समुदाय भन्दामाथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे । उनले राष्ट्रिय सहमति पदको लागि मात्रै हो की, देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन, उनले भने, पदको लागि मात्रै किन कुरारु दलभन्दा माथिको कुरा गरिन्छ । कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दल भन्दा माथि उठ्छौँ तर तपाईंहरु एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ की हुँदैन ? त्यो ठूलो कुरा हो ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ