News Category 2079/10/08
सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
नेपाली काँग्रेस सप्तरीमा कार्य समितिको बैठक बारे असन्तुष्टि देखिएको छ ।
जिल्ला सचिव सनतकुमार मण्डलले माघ ८ गते आइतबारका दिन आह्वान गरेको जिल्ला कार्यसमितिको बैठक उपसभापति फतेह मोहम्मद बिरामी भएपछि स्थगन गरिएको सूचना सामाजिक सन्जालका साथै सम्पूर्ण पदाधिकारीलाई फोनमार्फत जानकारी गराउँदा पनि आइतबारै जिल्ला सभापति रामदेव साहले एकलौटी ढंगबाट न्युन उपस्थितिमा बैठक बसाएको अर्का सचिव प्रभु नारायण चौधरीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
सो विज्ञप्तिमा काँग्रेसको विधान विपरीत सोही बैठकबाट सभापति साहले केही निर्णयहरु समेत पारित गरेको भन्दै उक्त कार्यको भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “यसबाट संगठनको अहित हुने भएकोले यस किसिमका गैर जिम्मेवारी कार्य सभापतिलाई नगरिदिन हुन तथा संगठनलाई संस्थागत रुपमा नेपाली काँग्रेसको विधान, नियमावली, आदेश सिद्धान्तलाई आत्मसात गरी संगठनलाई अगाडी बढाउन हुन अनुरोध गर्दछौं ।”
अन्तमा विज्ञप्तिमा विधान अनुसार संगठनको कार्य नभए आन्दोलित हुन बाध्य तथा त्यसबाट उत्पन्न हुने सबै खाले घटनाको जिम्मेवार सभापति हुने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ