News Category 2079/10/08
सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
नेपाली काँग्रेस सप्तरीमा कार्य समितिको बैठक बारे असन्तुष्टि देखिएको छ ।
जिल्ला सचिव सनतकुमार मण्डलले माघ ८ गते आइतबारका दिन आह्वान गरेको जिल्ला कार्यसमितिको बैठक उपसभापति फतेह मोहम्मद बिरामी भएपछि स्थगन गरिएको सूचना सामाजिक सन्जालका साथै सम्पूर्ण पदाधिकारीलाई फोनमार्फत जानकारी गराउँदा पनि आइतबारै जिल्ला सभापति रामदेव साहले एकलौटी ढंगबाट न्युन उपस्थितिमा बैठक बसाएको अर्का सचिव प्रभु नारायण चौधरीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
सो विज्ञप्तिमा काँग्रेसको विधान विपरीत सोही बैठकबाट सभापति साहले केही निर्णयहरु समेत पारित गरेको भन्दै उक्त कार्यको भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “यसबाट संगठनको अहित हुने भएकोले यस किसिमका गैर जिम्मेवारी कार्य सभापतिलाई नगरिदिन हुन तथा संगठनलाई संस्थागत रुपमा नेपाली काँग्रेसको विधान, नियमावली, आदेश सिद्धान्तलाई आत्मसात गरी संगठनलाई अगाडी बढाउन हुन अनुरोध गर्दछौं ।”
अन्तमा विज्ञप्तिमा विधान अनुसार संगठनको कार्य नभए आन्दोलित हुन बाध्य तथा त्यसबाट उत्पन्न हुने सबै खाले घटनाको जिम्मेवार सभापति हुने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ